आविष्कार जापानको, उत्पादन चीनमा


सम्भवतः जापानी कम्पनीहरूको आन्तरिक उत्पादन गतिविधि चीनमा स्थानान्तर हुने देखिएको छ । मार्चको भूकम्प र सुनामीले परिणामस्वरूप उत्पादन गतिविधि चीनमा सर्न लागेको जापान बाह्य व्यापार संगठन बेइजिङका उपमहानिर्देशक दाई हाकोजाकीले बताए ।

चीनको आन्तरिक खपतमा भइरहेको तीव्र वृद्धिले देश जापानी उत्पादनका लागि लगातार सर्वाधिक आकर्षक थलो हुने हाकोजाकीले चाइना डेलीलाई बताए । योभन्दा पनि यो स्थानान्तरणले जापानको आर्थिक सुधारलाई प्रवद्र्धन गर्न भूमिका खेल्ने जानकारी उनले दिए ।

मार्चको भूकम्पले अटोपाटर््स, यान्त्रिक र विद्युतीय उद्योगहरूको निर्यातमा अवरोध सिर्जना भएपछि चीनमा रहेका जापानी उत्पादनहरूमा घाटा भएको छ ।

भूकम्पले केही जापानी उत्पादनहरू चीनमा स्थानान्तरण हुने तथा भइरहेको प्लान्टको क्षमता बढाउनुपर्ने थप विस्तृत जानकारी नदिइकनै हाकोजाकीले बताए ।

यद्यपि स्थानान्तरण उत्पादनको संख्या ठूलो नहुने उनले बताए । विशेष गरी जापान भूकम्पछि आर्थिक सुधारको अवस्थामा चलिरहेकाले स्थानीय लगानी महत्वपूर्ण हुनाले स्थानान्तरण संख्या ठूलो नहुने उनले बताए ।

विश्व बैंकले हालै यो वर्ष जापानको अर्थतन्त्र ०.१ प्रतिशतले मात्रै बढ्ने जानकारी गराइसकेको छ ।

१९९५ देखि चीनमा गरिएको लगानीमा जापान प्रमुख देश भएको छ । २०१० मा चीनमा गरिएको लगानीमा जापान चौथो स्थानमा छ । सो वर्ष जापानले हङकङ, ताइवान, सिंगापुरपछि चीनमा बढी अर्थात् ४ अर्ब २४ करोड अमेरिकी डलर लगानी गरेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । सवारी साधनको उत्पादनमा गरिएको जापानी लगानीमा चीन अमेरिकापछि दोस्रो ठूलो देश हो ।

सिंघुवा विश्वविद्यालयका वरिष्ठ व्यापार विज्ञ झोउ सिजियानका अनुसार चीनमा औद्योगिक सञ्जाल विस्तारमा केही जापानी कम्पनीहरू अग्रणी देखिएका छन् । विशेषगरी चीनमा गरिने जापानी लगानीमा अटोसम्बन्धी पार्ट्स, यान्त्रिक र विद्युतीय उपकरणहरू छन् । योभन्दा पनि जापानमा भविष्यमा देखा पर्न सक्ने प्राकृतिक प्रकोपबाट कच्चा पदार्थको अभाव हुन नदिन विद्युतीय सूचना र बहुमूल्य उपकरण उत्पादन गर्ने प्लान्टहरू चीनमा सर्न सक्ने सम्भावना बढेर गएको छ ।

यो भन्दा पहिले व्यापारिक गोप्य भंग हुने खतराबीच जापानी कम्पनीहरूले चीनमा अन्तिम एसेम्बलीका लागि पठाउने गरेका थिए ।

तर, हालैको घटनाले यो अवस्थालाई लामो समयसम्म जान नदिने देखिन्छ । भूकम्प र परमाणु संकटले जापानमा ठूलो संकट निम्त्याएको छ र केही विदेशी प्राविधिक र कम्पनीलाई जापानबाट पलायन गराएको छ । त्यसैले प्रविधि हस्तान्तरणभन्दा पनि बिक्री र नाफा कायम गर्नु प्रमुख चासोको विषय हुन गएको झोउले बताए ।

जापानी लगानीका लागि चीन लामो समयसम्म आकर्षक गन्तव्यको रूपमा स्थापित भएको छ तर यो विषयप्रतिको चासो २००८ मा अझै बढेर गएको जापान बैंक फर इन्टरनेसनल कोअपरेसनको सर्भेले देखाएको छ ।

२०१० को जनवरी र सेप्टेम्बरबीचको अवधिमा चीनका दुई क्षेत्रहरूमा विशाल लगानी भएको छ । यो अवधिमा चीनमा भएको जापानी लगानीमा अटो उद्योगको योगदान १७.२ प्रतिशत थियो । यान्त्रिक उपकरण क्षेत्रको योगदान १४.६ प्रतिशतमात्रै थियो ।

हाकोजाकीका अनुसार भूकम्पले चीनमा गरिएको जापानको अटो र खाद्यान्न निर्यातमा ठूलो क्षति पु¥याएको छ ।

जापानका लागि चीन विश्वकै ठूलो निर्यातक देश हो ।

अल्पकालीन अवधिमा यी वस्तुहरूको निर्यात घटेको तर दीर्घकालीन अवधिका लागि द्विपक्षीय व्यापारमा सुधार आउने हाकोजाकीले बताए ।
साभार : कारोबार

No comments: