अमेरिकाले गुमाएको दशक


अमेरिकी अर्थतन्त्र अहिलेसम्म पनि संघर्षरत छ भने त्यहाँका नागरिकको जीवनशैली सहज बन्न सकेको छैन, जसको एउटा प्रमुख कारण हो ः उनीहरूको आफ्नै घरको ऋण ।

अधिकांश विज्ञहरूले अमेरिकी नागरिक तथा व्यावसायिक व्यक्तिहरूले लिएको निजी ऋणको समस्या पछिल्लो पटक अमेरिकी सरकारको पूरै ध्यान तानेको सरकारी ऋण समस्याको भन्दा पनि ठूलो रहेको बताएका छन् । विज्ञहरूले सरकारी ऋणभन्दा पनि निजी ऋणको समस्याले अझ विकाराल रूप लिन सक्ने तर्क गर्न थालेका छन् ।

तर यस प्रकारको समस्या कुनै अग्निपरीक्षा बिना वा कडा मेहनत बिना समाधान होला जस्तो छैन । किनभने अहिले अमेरिकामा बेरोजगारी दर निकै उच्च छ भने अर्कातर्फ आर्थिक वृद्धिको गति पनि सुस्त नै कायम छ, जसले जापानको ‘गुमेको दशक’को अमेरिकी संस्करण सिर्जना हुने सम्भावना उच्च भएको छ ।

“मलाई लाग्छ, हामी अहिले एउटा प्रमुख चुनौतीसँग सामना गरिरहेका छौं,” स्ट्यान्डर्ड एन्ड पुअर्स नामक संस्थाका पूर्व प्रमुख अर्थशास्त्री डेभिडले भने । सन् १९९० ताका जापानमा भएको घरजग्गा कारोबार पतनले त्यहाँको अर्थतन्त्रलाई धरापमा पा¥यो र उक्त समस्या समाधान हुन वर्षौं समय लाग्यो, जसलाई जापानको ‘गुमेको दशक’ का रूपमा चिनिन्छ ।

हाल अमेरिकी अर्थतन्त्रको स्वरूप जापानको गुमेको दशकका रूपमा परिणत हुँदैछ । “मलाई लाग्छ, हामी अहिले थुप्रै निराशाको परिधिमा छौं,” ‘पेटर्सन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्स एन्ड अ लिडिङ एक्पर्ट अन फायनान्सियल क्राइसिस’ नामक संस्थाका पूर्वअधिकारी कार्मन रिहार्टले भने, “यदि ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने अहिले अहिलेको अवस्था राम्रो छैन । त्यसका साथै आर्थिक वृद्धिको प्रक्रिया सन्तुलित रूपमा अगाडि बढ्न सकेको छैन । हामी पहिले नै चार वर्ष संघर्षपूर्ण जीवन बिताइसकेका छौं र अगाडिका ६ वर्ष राम्रो होला भन्ने मलाई लाग्दैन ।”

अमेरिकामा सन् २००८ ताका मन्दी छाउनुको प्रमुख कारण नै उपभोक्ता, व्यवसायी तथा बैंकले अधिक मात्रामा ऋण लिनु हो । मुख्यगरी मन्दी छाउनुभन्दा पहिले रियल स्टेट क्षेत्रका लागि ऋणको प्रवाह अत्यन्त उच्च बनेको थियो, जसको परिणाम कालान्तरमा गएर मन्दीका रूपमा देखा प¥यो ।

सन् २००८ मा अमेरिकी उपभोक्ता र व्यावसायिक क्षेत्रले समग्रमा लिएको ऋणको भार बढेर देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै २८ प्रतिशत हिस्सा ओगट्न पुगेको थियो, जुन कुल अर्थतन्त्रको झन्डै एकतिहाइ भाग हो ।

जे होस्, अमेरिकी अर्थतन्त्रमा मन्दी छाउनुभन्दा अगाडि र पछाडिका दिनहरूमा जे–जति नराम्रो नीति अवलम्बन भए ती सबैलाई छाड्ने हो भने हाल अमेरिकामा केही राम्रो समाचारले आउन थालेका छन् । अमेरिकी उपभोक्ताहरू मन्दीपूर्व लिएको ऋण पुनः भुक्तानी गर्न थालेका छन्, त्यसका साथसाथै उनीहरू बढी बचत गर्नेतर्फ अग्रसर बनेका छन् । गत वर्ष निजी ऋण २ सय ३४ प्रतिशतले घटेको थियो । यद्यपि ती ऋणहरू घट्नुका पछाडि खराब धितोको हात उच्च रहेको रिनहार्टको तर्क छ ।

तर बचत गर्ने परिपाटीमा भने राम्रो सुधार आएको उनको भनाइ छ । स्ट्यान्डर्ड एन्ड पुअर्सका पूर्वप्रमुख अर्थशास्त्री डेभिड भन्छन्, “कम्तीमा अमेरिकी उपभोक्ताहरू (घर परिवार) बढी होसियार र सन्तुलित बन्न थालेका छन्, जसले ऋणको मात्रालाई घटाउन सहयोग गरेको छ । तर मेरो विचारमा यो स्तर अझै पनि खराब नै रहेको प्रति म धेरै दुःखी छु ।”

यसरी अमेरिकी नागरिकहरूको दैनिकी अगाडिका समयमा सुनिश्चित नै हुन्छ भन्ने कुनै ठोस आधार देखिँदैन । जसबाट उनीहरूलाई कडा मेहनत गर्नुपर्ने बाध्यात्मक स्थितिको सामना गर्नुपर्ने अवस्था अझै बाँकी नै रहेको संकेत मिल्छ ।

कमजोर उपभोक्ता खर्च
जीडीपीमा ठूलो हिस्सा ओगट्ने उपभोक्ता खर्च उँभो नलाग्दासम्म अमेरिकी अर्थतन्त्रको वास्तविक वृद्धि सम्भव हुने देखिँदैन, किनभने मन्दीपश्चात् अमेरिकी उपभोक्ता खर्चमा उल्लेख्य मात्रा वृद्धि हुन सकेको छैन । खर्चको परिदृश्य कमजोर नै रहँदै आएको छ ।

अर्कातर्फ खर्च बलियो बहुन्जेलसम्म अमेरिकामा उच्च बेरोजगारी दर कायमै रहेको आभास हुन्छ, जसले अगाडिका दिनहरूमा झन् समस्या थप्ने निश्चित छ । “आर्थिक वृद्धिको इन्जिनका रूपमा मानिने उपभोक्ता खर्चले जसरी मन्दीभन्दा अगाडिका दिनहरू महत्वपूर्ण भूमिका खेलेको थियो, तर अहिले त्यस्तो छैन्,” रिनहार्टले भने ।

मोर्गन स्टन्ली एसियाका प्रमुख स्टेफेन रोचले हालै मात्र अमेरिकी उपभोक्ताहरूका बारेमा लेख लेखेका थिए, जसमा उनले अमेरिकी उपभोक्ताहरू एउटा ठुलो खाडलमा फसेको संकेत गरेका छन् । उनले डुब्न लागेको धितो, अधिक ऋण तथा न्यून बचतजस्ता कारणले अमेरिकी उपभोक्ताहरू कहिले नझेलेको समस्याबाट गुज्रिरहेको बताएका छन् ।

त्यसका साथै ऋण घट्ने क्रम निकै सुस्त रहेको पनि बताएका छन् । रिनहार्टका अनुसार ऋण भुक्तानी गरिरहे पनि अमेरिकी उपभोक्ताहरू बचतमा बढी केन्द्रित छन् । उनले उपभोक्ता ऋण एक्लै जीडीपीको ९२ प्रतिशत घटेको बताउँछन्, जुन सन् २००७ को अन्त्यताका कायम ९८ प्रतिशतभन्दा न्यून हो र सन् १९९९ मा कायम ७० प्रतिशतभन्दा उच्च हो ।
साभार : कारोबार

No comments: