फिफाको छवि सुधार्ने चुनौती

शरदप्रकास धिताल/काठमाडौ, जेष्ठ २६
                         भ्रस्टाचारको मुद्दा र अनेक विवादबीच विश्व फुटबल महासंघ -फिफा) को ६१ औं कंग्रेस सम्पन्न
भयो । उक्त कंग्रेसले वर्तमान अध्यक्ष  सेप ब्लाटरलाई अर्को चार वर्षका लागि फेरि संस्थाको अध्यक्षमा चुनेको छ ।
अर्को कार्यकालका लागि सन् २०१५ सम्म फिफा अध्यक्ष रहने ब्लाटरका सामु अबको चार वर्ष चुनौतीले भरिएको हुनेछ । यसअघिको जस्तो सहज कार्यकाल नरहने अब प्रस्टजस्तै छ ।
पछिल्लो दिनमा लगातार फिफामा भ्रस्टाचारको मुद्दा उठिरहेको छ भने जितपछि ब्लाटरले त्यस छविबाट
संस्थालाई सुधार्ने प्रतिबद्धता
व्यक्त गरेका छन् ।
एसियाली फुटबल महासंघ
-एएफसी)का अध्यक्ष कतारका मोहम्मद विन हमामले आफू अध्यक्षमा नउठ्ने घोषणा गरेलगत्तै ब्लाटरले अर्को कार्यकालका लागि फिफाको नेतृत्व लिने पक्का नै भएको थियो ।
ब्लाटरलाई कडा चुनौती दिने अपेक्षा गरिएका हमाममाथि पनि भ्रस्टाचारको मुद्दा उठेपछि उनले आफू अध्यक्षको दौडबाट बाहिर रहेको घोषणा गरेका थिए । पछि उनलाई सन् २०२२ मा कतारमा हुने निर्णय भएको फिफा विश्वकपका लागि भ्रस्टाचारको आरोपमा एएफसीको अध्यक्षबाट निलम्बनमात्र गरिएन, फिफा कंग्रेसमा सहभागी हुन पनि प्रतिबन्ध लगाइयो । उनले सन् २०२२ को विश्वकप कतारमा ल्याउन घूस दिएको आरोप छ ।
फिफाको ६१ औं कंग्रेसमा ब्लाटरले २०३ देशमध्ये १ सय
८६ मत पाएका थिए । यसअघि चुनाव स्थिगित गराउने इंग्ल्यान्डको प्रयास असफल
भएको थियो ।
फेरि अध्यक्ष बनेपछि ब्लाटरले फिफालाई सही दिशा र पारदर्शी प्रक्रियामा लैजाने वचन दिएका छन् । उनले आफ्नो संगठन बलियो रहेको बताउँदै यसका लागि केही समय चाहिने बताएका छन् । ब्लाटर सन् १९९८ मा फिफा अध्यक्ष बनेका थिए । उनले सन् २०१८ र २०२२ को  विश्वकप आयोजनाको बारेमा विभिन्न आरोपको सामना गर्नुपरेको छ । फिफाले सन् २०१८ मा रुस र २०२२ मा कतारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिसकेको छ ।
कंग्रेसअघि फिफाका विभिन्न महत्त्वपूर्ण प्रायोजकले पनि संस्थाको छवि सुधार्ने माग गरेका थिए । अध्यक्षको चुनाव स्थगित गराउने इंग्ल्यान्डको प्रस्ताव कंग्रेसमा १७ का विरुद्ध १सय ७२ रनले पराजित भएको थियो । ब्लाटरले सन् २०१५ मा फिफा अध्यक्ष पदबाट हट्ने अगि्रम घोषणा पनि गरिसकेका छन् ।

No comments: