अजय हमाल/काठमाडौ, जेष्ठ २६
टेनिसका शीर्ष वरीयताका खेलाडी राफेल नाडल 'क्ले कोर्ट' का बादशाह मानिन्छन् । उनले छैटौंपल्ट प|mेन्च ओपन टेनिसको उपाधि कब्जा गर्दै यसलाई पुष्टि पनि गरेका छन् ।
उनले फाइनलमा तेस्रो वरीयताका स्विट्जरल्यान्डका रोजर फेडेररलाई ७-५, ७-६, ५-७ र ६-१ ले हराउँदै छपल्ट प|mेन्च ओपन जित्ने बिजोर्न वोर्गको कीर्तिमान बराबरी पनि गरे ।
रोलान्ड ग्यारोसमा यो उनको छैटौं उपाधि थियो भने खेलजीवनको १० औं ग्रान्डस्लाम थियो ।
नाडलले १९ वर्षको युवा अवस्थामा सन् २००५ मा पहिलो पल्ट प|mेन्च ओपनको उपाधि जितेका थिए र त्यसमा पनि 'क्ले कोर्ट' मा आफ्नो आधिपत्य जमाउँदै उनले सन् २००६, २००७, २००८ र २०१० मा पनि उपाधि जितेका थिए । स्पेनका २५ वषर्ीय उनले फेडेररविरुद्ध २५ मध्ये
१७ खेलमा जित निकालेका छन् । नाडलले फेडेररको प|mेन्च ओपनको फाइनलमा चारपल्ट पराजित गरेका छन् ।
त्यस्तै, प|mेन्च ओपनमा खेलेका ४६ मध्ये ४५ खेलमा जित हात पार्दै नाडलले आफू क्लेकोर्टको बादशाह रहेको प्रमाणित गरे । फाइनलमा पूर्व नम्बर एक खेलाडीविरुद्ध नाडलले शक्तिशाली खेल प्रदर्शन गरेका थिए । त्यस्तै, उनले फेडेररको गल्तीको फाइदा पनि उठाए ।
यसअघि पनि दुई खेलाडीबीच तीनपल्ट फाइनलमा भेट भएको थियो भने तीनवटैमा नाडलले बाजी मारेका थिए । उनीहरूबीच सन् २००६ मा पहिलोपल्ट फाइनलमा भेट भएको थियो, त्यसपछि उनीहरू लगातार सन् २००७ र २००८ मा उपाधिका लागि भिडेका थिए । त्यस्तै, लगातार ४६ औं ग्रान्डस्लाम खेल्ने रोजर फेडेररको नाममा कीर्तिमानी १६ ग्रान्डस्लामको रेकर्ड रहेको छ ।
प|mेन्च ओपनको महिलातर्फ भने चीनकी लि ना ले पहिलो स्थान हात पार्दै उपाधि जित्ने पहिलो एसियाली खेलाडी बन्न सफल भइन् । उनी दोस्रो पल्ट ग्रान्डस्लामको फाइनल भिडेकी हुन् । अस्ट्रेलियन ओपनको फाइनलमा भने उनी पछि परिन् ।

No comments:
Post a Comment