ऋचा त ट्वाल्ल परिन्


वल्ड वाइड मुभी मेकर्सको प्रस्तुती, शंकर घिमिरेको निर्देशनमा बनेको ऋचा घिमिरेको सिनेमा 'ब्रेकफेल'को प्याक अप भएको छ । गत हप्ता मात्रै प्याक अप सकिएको यो सिनेमा भदौमा रिलिज गरिने तयारी छ । फिल्म सुटिङको समयमा ऋचासँग रमाइला घटनाहरुको लामो लिस्ट छ ।
चितवनलगायत सुदूरपश्चिमका ठाउँहरुमा सुटिङ गरिएको यो लाइट कमेडी क्यामरामा कैद गर्दाको बेलामा खुब कमेडी चल्यो कलाकारहरुबीच । एकपटक चितवनमा सुटिङ सकेर सिने युनिट होटलमा बसिरहेको बेला परेछ । समय कटाउने उपायअनुसार युनिटले 'रागीनी एमएमएस' हेर्न थालेछन् । सिनेमा हेरेको भोलिपल्ट देखि युनिटमध्येका केही सदस्यलाई राती-राती भूतले तर्साएर हैरान ।
ऋचा सुनाउँछिन्, 'निरक, विन्देश, सुभाष र मदनलाई भूतले हैरान पारेछ ।' अनि ऋचाले पूर्णगिरी मन्दिरबाट प्रसाद लिएर सबैलाई बाँडिन् । तर पनि भूतको टन्टो हटेन । त्यहाँबाट सुटिङ सकेर काठमाडौं फर्केपछि केही साथीहरुले ओकले, 'भूत-सूत केहि थिएन । रागीनी हेरेपछि हामीले प्लानअनुसार सबैलाई तर्साउने योजना थियो । सफल भयौं ।' बिचरी ऋचा त ट्वाल्ल परिन् ।
डिसीनेपाल डटकम

No comments: