ढाकामा नाइजेरिया र अर्जेन्टिना भिड्ने


(एजेन्सी)- नाइजेरियाली राष्ट्रिय टोली र अर्जेन्टिनाले सेप्टेम्बर ६ मा दक्षिण एसियाली राष्ट्र बंगलादेशको राजधानी ढाकामा एकअर्कासँग खेल्ने पक्का भएको नाइजेरियाली फुटबल संघ (एनएफएफ) ले बुधबार जनाएको छ।

नाइजेरियाले दुईपटकको विश्वकप विजेता अर्जेन्टिनामाथि पहिलो विजय पाएको एक सातालगत्तै यस्तो निर्णय गरिएको हो। नाइजेरियाले गतसाता अबुजामा दोस्रो रोजाइको अर्जेन्टिनी टोलीमाथि ४-१ को रवाफ जमाएको थियो। 'आउँदो सेप्टेम्बरमा बंगलादेशमा नाइजेरियाको सिनियर टिम र अर्जेन्टिनाको सिनियर टिमबीच एक मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल हुने पुष्टि गर्दछौं,' एनएफएफका महासचिव मुसा एमादुले भने, 'यस विषयमा दुवै पक्षबीच सम्झौता भइसकेको छ। दुवै टोलीले आफ्ना सबै स्टार खेलाडीका साथ वंगलादेश भ्रमण गर्ने सम्झौता भएको छ। यो एउटा ठूलो म्याच हुनेछ।'
अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलको तीन दिनअघि नाइजेरियाले २०१२ को अफ्रिका कप अफ नेसन्सअन्तर्गत एन्टानानारिभोमा माडागास्कारविरुद्धको महत्वपूर्ण छनोट खेल खेल्नेछ
साभार : नागरिक न्युज

No comments: