न्युरोडको ब्युटी पार्लरमा यौनकर्मीको आरोपमा ९ पक्राउ


काठमाडौं, असार ५ (नागरिक)- यौन व्यवसाय सञ्चालन गरेको प्रहरीले धर्मपथको न्यु सहेली ब्युटी पार्लरमा छापा मारी शनिबार ९ जनालाई पक्राउ गरेको छ।

तीन कोठाको ब्युटी पार्लरमा छापा मार्दा तीन पुरुष र तीन युवती भित्री कोठा भेटिएपछि पार्लर सञ्चालिका उर्मिला विष्ट र अन्य दुई युवतीसहित सबैलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग जनसेवाले जनाएको छ। पक्राउ पर्ने पुरुषमा दुई नेपाली र एक भारतीय छन्।
प्रभागप्रमुख कवित कटुवालका अनुसार स्थानीयले पटकपटक गुनासो गरेपछि रिसिइबीका कारण होला भन्दै यसअघि छापा मारिएको थिएन। 'निरन्तर गुनासो आएकाले छापा मार्न टोली पठाएको साँच्चै रहेछ,' उनले भने।

प्रहरीका अनुसार तीनमध्ये दुई कोठामा खाट राखिएको थियो भने ती कोठाबाट कन्डम र रक्सीका बोतलहरू बरामद भएका छन्। क्यासिनोमा प्रयोग गरिने क्वाइन आकारका सामग्री र ताससमेत बरामद भएकाले त्यहाँ जुवासमेत खेलाउने गरेको प्रहरीको आशंका छ।

पाँच वर्षदेखि पार्लर चलाउँदै आएकी विष्ट भने प्रहरीले झुठो आरोप लगाएको दाबी गर्छिन्। 'पार्लरमा काम गर्ने कर्मचारीलाई गलत आरोप लगाएर पक्राउ गरिएको छ,' नागरिकसँग उनले भनिन्।
साभार : नागरिक न्युज

No comments: