विश्वकप छनोटमा नेपाल दोहोरो चोटीमा उपलब्धि

हिमेशरत्न वज्राचार्य,काठमाडौ
            सन् १९९० को विश्वकप छनोटमा नेपालले बेहोरेको हार कति पीडादायी बन्यो भने त्यसको चार वर्षपछि सहभागिताका लागि आँट जुटाउन सकेन । नतिजा एक पुस्ताका नेपाली फुटबल खेलाडी विश्वकप छनोटको अनुभव बटुल्नबाट वञ्चित रहे । सन् १९९८ को विश्वकप छनोटमा नेपाल फेरि सहभागी बन्यो ।
त्यतिबेला कप्तान थिए, राजु शाक्य । उनी पनि आपmनो खेल जीवनको अन्तिम वर्षमा थिए । नेपाली राष्ट्रिय फुटबल टिममा नयाँ पुस्ताका खेलाडी आइसकेका थिए । त्यसबेला नेपाल छनोटको समूह 'चार' मा परेको थियो र प्रतिद्वन्द्वी थिए जापान, ओमान र मकाउ । ओमान र टोकियोमा दुई चरणमा खेल भए ।
खेलाडी हराउनु र फेरि नमीठा हारको दोहोरो चोटमा पनि पूरा छनोट भने केही पक्षमा सुखद् रह्यो नेपालका लागि । नेपालले छनोटमा पहिलो पल्ट गोल गर्न सफल रह्यो । मकाओविरुद्धको पहिलो खेल नेपालले १-१ को बराबरी खेल्यो । चेङ चोङले १२ औं मिनेटमा मकाउका
लागि पहिलो गोल गरेपछि हरि खड्काले २२ औं मिनेटमा ऐतिहासिक गोल फर्काए ।
त्यसयता मकाओमा भएका पहिलो लेगका अन्य खेलमा नेपाल ओमानविरुद्ध ०-१ र जापानविरुद्ध ०-६ ले पराजित भयो । ओमानविरुद्ध उसकै घरमा नेपालले राम्रो खेल्यो । खेलको एक मात्र गोल सबनले ७५ औं मिनेटमा गरेका थिए ।
ओमानमा खेल्दा नेपाली प्रशिक्षक योगम्बर सुवाल थिए । त्यही टिम टोकियो पुग्दा भने प्रशिक्षकमा धनबहादुर बस्नेत थिए । जापानमा पहिलो खेल ओमानसँग ०-६ ले गुमायो भने जापानविरुद्ध हारको अन्तर ०-३ थियो ।
जापानविरुद्धका खेलमा नेपाल पहिलो हाफसम्म १-० ले पछाडि थियो र त्यसमा गोलरक्षक उपेन्द्रमानले राम्रो प्रदर्शन गरे ।  मकाओविरुद्धको अन्तिम खेलमा नेपाल ७८ मिनेटसम्म एक गोलले अगाडि थियो । दीपक अमात्यले १९ औं मिनेटमा गोल गरेका थिए ।
त्यसयता चेङ चोङले ७८ औं मिनेटमा एक गोल फर्काए भने मार्टिन्सले ९० औं मिनेटमा मकाउका लागि विजयी गोल गरे । त्यसपछिको कथा त नेपाली फुटबलले कहिले पनि सम्भिmन चाहने छैन । नेपाली टिम काठमाडौं र्फकंदा पूरा सदस्य फर्केका थिएनन् । चार खेलाडी हराएको प्रसंग पनि अन्तर्राष्ट्रिय समाचार बन्यो ।
नेपाली टिम १९९८
मकाओविरुद्ध १-१ (मस्कट)
१९९७ मार्च २३
उपेन्द्रमान सिंह, सुनील तुलाधर, देवनारायण चौधरी, बालगोपाल महर्जन, राजेश मानन्धर (राजेश थापा), राजुकाजी शाक्य -कप्तान), उमेश प्रधान -राजु पुलामी), दीपक अमात्य, सौगेश श्रेष्ठ, मणि शाह र हरि खड्का ।
ओमानविरुद्ध ०-१ (मस्कट)
१९९७ मार्च २५
विनोद खरेल, देवनारायण चौधरी, राजेश थापा, राजुकाजी शाक्य (कप्तान), नरेन्द्र श्रेष्ठ
(चेतनारायण श्रेष्ठ), सौगेश श्रेष्ठ, मणी शाह (ज्ञानेन्द्र शेरचन), हरि खड्का -राजु पुलामी), दीपक अमात्य, बालगोपाल महर्जन र सुनील तुलाधर ।
जापानविरुद्ध ०-६ (मस्कट)
१९९७ मार्च २७
उपेन्द्रमान सिंह, देवनारायण चौधरी, राजेश थापा, राजुकाजी शाक्य -कप्तान), नरेन्द्र श्रेष्ठ -अर्जुन लामा), सौगेश श्रेष्ठ (राजु पुलामी), मणि शाह, हरि खड्का -चेतनारायण श्रेष्ठ), दीपक अमात्य, बालगोपाल महर्जन र सुनील तुलाधर ।
ओमानविरुद्ध ०-६ (टोकियो)
१९९७ जुन २२
उपेन्द्रमान सिंह, देवनारायण चौधरी, राजेश थापा, राजुकाजी शाक्य -कप्तान) -राजेश मानन्धर), उमेश प्रधान, पुष्प केसी, वसन्त गुरुङ, हरि खड्का -सौगेश श्रेष्ठ), दीपक अमात्य -नरेन्द्र श्रेष्ठ), नरेश जोशी र सुनील तुलाधर ।
जापानविरुद्ध ०-३ (टोकियो)
१९९७ जुन २५
उपेन्द्रमान सिंह, देवनारायण चौधरी, राजेश थापा, राजेश मानन्धर, उमेश प्रधान, पुष्प केसी, वसन्त गुरुङ (नरेश जोशी), नरेन्द्र श्रेष्ठ, दीपक अमात्य -हरि खड्का), सौगेश श्रेष्ठ र सुनील तुलाधर ।
मकाओविरुद्ध १-२ (टोकियो)
१९९७ जुन २८
उपेन्द्रमान सिंह, देवनारायण चौधरी, राजेश थापा, राजेश मानन्धर, उमेश प्रधान, पुष्प केसी, वसन्त गुरुङ (हरि खड्का), नरेन्द्र श्रेष्ठ, दीपक अमात्य, सौगेश श्रेष्ठ र सुनील तुलाधर ।

No comments: