चिनियाँ राजदुत भक्तपुरमा

मकर श्रेष्ठ,काठमाडौ
          नेपाल स्थित चिनियाँ राजदुत यङ होउलान भक्तपुर दरबार स्कावार अवलोकन गर्न पुगेका छन् ।
मंगलबार अपरान्ह्र ४ बजे पुगेका होउलानलाई नेपाल मजदुर किसान पार्टीका विदेश विभाग प्रमुख प्रेम सुवाल लगायत नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।
होउलानले पाँचतले दरबार, तौमडी, लगायत भक्तपुरमा रहेका प्रसिद्ध दरबारहरुको अवलोकन गरेका छन् । उनी चनियाँ कम्युनिष्ट पार्टीको ९० औं स्थापना दिवसका अवसरमा ख्वप इन्जिनियरिङ कलेजले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन अघि भक्तपुर दरबार स्क्वायर अवलोन गर्न पुगेका हुन् ।
दरबार अवोलकन पछि होउलान कलेजले आयोजना गरेको कार्यक्रममा सहभागगी हुनेछन् । ई-कान्तिपुरकर्मी मकर श्रेष्ठका अनुसार राजदुत होउलानले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

No comments: