काठमाडौं, असार १२
(नागरिक)- नेपालविरुद्ध विश्वकप छनोट खेल्न इस्ट टिमोर टोली सोमबार नेपाल आइपुग्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार २० खेलाडीसहितको ३१ सदस्यीय टिमोर टोली सोमबार दिउँसो काठमाडौं आइपुग्नेछ।
नेपाल र इस्ट टिमोरबीच बुधबार र शनिबार दशरथ रंगशालामा खेल हुनेछ। यसबीच पहिलो खेलका म्याच कमिस्नर भुटानी मिन्दु दोर्जी आइतबार आइपुग्दै छन्। रेफ्री टोली भने सोमबारै आइपुग्नेछ। दुवै खेलमा म्याच कमिस्नर र रेफ्री टोली अलग हुनेछ।
No comments:
Post a Comment