सुगारिका स्टाइल


काठमाडौं, असार ४ (नागरिक)- पूर्व मिस नेपाल सुगरिका केसी टे्रन्डभन्दा आफूलाई कस्तो लुगा सुहाउँछ भन्ने ख्याल राख्छिन्। वृत्ति विकास तालिम दिने 'इन्डक्सन'की प्रमुख कार्यकारी सुगरिकालाई सपिङ जाँदा क्लासिक पहिरन ठिक लाग्छ। उनको भनाइमा, यसको फेसन जाँदैन र संयोजन गरेर लगाउँदा सुहाउँदो देखिन्छ।
'दुईचार सातामै आउटडेटेड हुने लुगामा धेरै खर्च गर्नुको तुक छैन,' उनी भन्छिन्, 'त्यसैले सपिङ गर्दा होसियारी अपनाउनु राम्रो।'


लुगा छान्दा जीउ सुहाउँदो पहिरन रोज्नुपर्छ भन्ने उनको सल्लाह छ। जीउ सुहाउँदो भन्नाले त्यस्तो लुगा, जसले जीउको कमजोरी राम्रोसँग छोपोस्।
पार्टीबाहेक अरू बेला उनी खासै मेकअप गर्न रुचाउँदिनन्। घरबाट निस्कनुअघि आँखामा गाजल लगाउनु भने उनको रुटिनै हो। 'मनसुनका बेला वाटरप्रुफ मस्कारा र गाजल ठिक हुन्छ,' चिल्ड्रेन फर ग्रिन नेपालकी गुडविल एम्ब्यास्डरसमेत रहेकी सुगरिका भन्छिन्, 'यस्तो बेला दिउँसो आइस्याडो लगाउनु खासै राम्रो हुन्न।' मौसमको हिसाबले पनि यो समय गाढा मेकअप गर्नु ठिक नभएको उनी बताउँछिन्।



अफिस जानु नपरे प्रायः यस्तै पहिरनमा भेटिन्छु। जिम जाँदा होस् वा कतै घुम्न निस्कदाँ क्याजुअल टप र ट्राउजर आरामदायी लाग्छ। मौसमअनुसार पनि अहिले सुतीकै पहिरन राम्रो।


यो जम्पसुट एकदमै आरामदायी छ। टे्रन्डमा पनि भएकाले यो मलाई मनपर्ने पहिरनमध्ये एक हो। यसले फिगर पनि राम्रो देखाउँछ। फुटवेयरका लागि यसमा फल्याट नै सुहाउँछ।



प्रायःले पार्टीमा गाउन, साडी या कुर्ता लगाउँछन्। मलाई भने गर्मी र मनसुनका बेला ककटेल ड्रेस नै ठिक लाग्छ। हेभीवर्क नगरेकाले यो ड्रेससँग हेभी ज्वेलरी सुहाउँछ।


यो समर ड्रेसले गर्ली लुक दिन्छ। यसको प्रिन्ट र रङ अहिलेको मौसम सुहाउँदो छ। गर्मीमा स्लिभलेसमात्र लगाउने भन्ने छैन। यसको स्लिभले छाला डढ्नबाट पनि जोगाउँछ।
साभार : नागरिक न्युज

No comments: