रोनाल्डोको दाबी
'म आफूलाई मेसीसँग कहिल्यै तुलना गर्दिनँ, म आफु नै प्रतिद्वन्द्वी हुँ अनि ला लिगा खेल्ने सबै क्लबको । मेसी उत्कृष्ट क्लबका उत्कृष्ट खेलाडी हुन् ।’
म्याडि्रड/ सञ्चारमाध्यममा सधैँ स्थान बनाइरहने खेलाडीमध्ये पोर्चुगलका अन्तर्राष्ट्रिय फुटबलर क्रिस्टियानो रोनाल्डोको नाम अग्रसूचीमा आउँछ । पछिल्लो समय चर्चामा आउँदै उनले बार्सिलोनाका सुपर स्टार लियोनल मेसीलाई आफूले प्रतिद्वन्द्वीका रूपमा नलिएको तथा उनीसँग आफ्नो कुनै प्रतिस्पर्धासमेत नरहेको दाबी गरेका छन् ।
आफ्नो युगमा सर्वोत्कृष्ट खेलाडीको दाबेदारी दिइरहेका ती दुई खेलाडीबीच सधैँ को उत्कृष्ट भन्ने चर्चा भने चलिरहन्छन् । मिडियालाई चासो रहने विषयमा रोनाल्डोले भने फरक मत राख्दै व्यक्तिगत सफलताभन्दा टोलीको सफलता सधैँ प्राथमिकता रहनेसमेत बताए । रियल म्याडि्रडलाई कोपा डेल रे उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका रोनाल्डोले आफ्नो स्पेनी क्लबलाई ला लिगा जिताउनु आफ्नो अबको लक्ष्य रहेकोसमेत बताए ।
साथै २६ वषय गोल मेसिनले आफूले सधैँ मेसीलाई सम्मान गर्ने तथा मेसीको अद्वितीय प्रतिभाबाट आफू सधैँ प्रभावित भएकोसमेत बताए ।
'म आफूलाई मेसीसँग कहिल्यै तुलना गर्दिनँ, म आफ्नै प्रतिद्वन्द्वी हुँ अनि ला लिगा खेल्ने सबै क्लबको । मेसी उत्कृष्ट क्लबका उत्कृष्ट खेलाडी हुन् । मैले मन पराउने केही व्यक्तिमध्ये उनी एक हुन् तथा उनले आफू किन उत्कृष्ट छु भन्ने प्रमाणित पनि गरिसकेका छन्,' एजेन्सीसँगको कुराकानीमा रोनाल्डोले भने ।
२०१०/११ को सिजनमा ती दुईको खेललाई हेर्दा तुलना गर्न नसकिने पाटो पनि देखिँदैन । त्यो सिजनमा दुवै खेलाडी प्रशंसनीय रूपमा गोल गरे, एकै सिजनमा ५३ गोल । ती दुईमध्ये अर्जेन्टिनी राष्ट्रिय टोलीका फुच्चे खेलाडी आफ्नो स्पेनी क्लब बार्सिलोनालाई ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताउन निकै मिहिनेत गरे । ट्रफीका आधारमा भन्ने हो भने गत सिजनमा रोनाल्डो केही पछि परे । रोनाल्डोको भनाइमा उनी गोलभन्दा पनि उपाधि मन पराउँछन् तथा त्यसले उनलाई आनन्द पनि दिन्छ । 'म अहिलेभन्दा आधा गोल गर्छु, तर ला लिगा र च्याम्पियन्स लिग जित्छु भने त्यो नै मेरा लागि महत्त्वूर्ण उपलब्धि हुनेछ । तर, व्यक्तिगत रूपमा हेर्ने हो गत सिजन मेरो लागि केही सफल भने रह्यो, सम्भवत करियरकै सबैभन्दा उत्कृष्ट,' रोनाल्डोले भने ।
पूर्व फिफा वर्ष खेलाडी रोनाल्डोले आगामी सिजनमा बार्सिलोनासँग त्रसित हुनुपर्ने केही आधार नरहेको तथा आफ्नो क्लबले समेत केही नयाँ खेलाडी भित्र्याउने तयारी गरेको कारण आगामी सिजन रोमाञ्चक हुने बताए ।
दुई वर्षअघि कीर्तिमानी आठ करोड पाउन्डमा रियल म्याडि्रड आएका रोनाल्डोले स्पेनी छाडेर इंग्लिस पि्रमियर क्लब म्यानचेस्टर सिटी जान लागेको हल्लाले पनि बजार तातेको छ । तर, उनले आफूले रियल छाड्न लागेको हल्ला मात्र भएको बताए ।
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment