- राज नबा सुनार
'भाषाको उत्थान, नेपालीको पहिचान ।’ भन्ने मूल उद्घोषका साथ यस ‘नवोदित साहित्यिक वाचनालय दोहा, कतार’को ४१औं काब्यिक वाचन शृखला सहित सस्थाको महत्वपुर्ण वैठक संस्थाका अध्यक्ष नबराज वि क ‘अटल’ को सभापतित्वमा सम्पन्न भयो । आफ्नो स्थापनाकाल देखि साहित्यिक अग्रज स्रष्टाहरुको सम्मान र नवप्रतिभाशाली साहित्यिक प्रतिभाहरु लाई प्रोत्साहन गर्दै साहित्यिक हक,हित र अधिकार सुनिश्चितताको अभियानमा सक्रियतापूर्वक विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै, विगतका वर्षहरुमा झैं आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट अघि बढ्ने प्रतिवद्धताका साथ यही आउँदो २२ जुलाई २०११ तारिखका दिन वाचनालयले आफ्नो तेस्रो अधिवेशन तथा १९८औं भानुजयति को अवसरमा “नवोदित स्मारिका –२०७८ प्रकाशन गर्ने निर्णय गर्दै साहित्यिक विधाका कुनै पनि विषयवस्तुहरु समावेश गरिने हुदाँ आफ्ना अमुल्य लेख रचना कथा,कविता गित,हाइकु लगायतका प्रतिभाहरु ३०जुन २०११ भित्रमा सम्पुर्ण महानुभावहरु लाई पठाउन हार्दिक अनुरोध समेत गरिएको छ । सोहि अवसरमा स्रष्टाहरु,चुडामडी काफ्ले,महेन्द्र गुरुङ्ग,बिजय फोम्बो,पुर्ण बेघा,पासङ्ग तामाङ्ग,दिपक भट्टराई,नबराज बि.क,धनेश्वर जि.शी.छबिलाल काफ्ले,मोहन कार्की,लिला बास्कोटा,फुल बा.ढोडेली मगर,हर्क राई लगायत का स्रष्टाहरु विभिन्न विधामा आफ्ना रचनाहरु बाचन गरीएका थिए ।
No comments:
Post a Comment