एसएलसी फेल भएपछि दुई किशोरीद्वारा विष सेवन
काभ्रे, अषाढ ७ - एसएलसी परीक्षा अनुत्तिर्ण भएपछि विष सेवन गरेका छुट्टछुट्टै विद्यालयका दुई छात्रा मध्ये एकको मृत्यु भएको छ भने अर्काको अबस्था गम्भीर रहेको छ ।
हिमालयन माविबाट परीक्षा दिएकी साँगा–६ की सानी विष्टले विष सेवन गरी आत्महत्या गरेकी छिन् । बनेपा–४ स्थित खेतमा विष सेवन गरी लडेकी उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी गणेश भारती माविबाट परीक्षा दिई अनुत्तिर्ण भएपछि महेन्द्रज्योति– ५ की दिपा कार्कीले विष सेवन गरी आत्माहत्याको प्रयास गरेकी छिन् । घरमै विष सेवन गरेपछि उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
सभासद् दोस्रो श्रेणीमा उतीर्ण
यस वर्ष एसएलसीमा सहभागी भएकफ माओवादीका सभासद् रेणुका चौलागाई द्धितीय श्रेणीमा उतीर्ण भएकी छिन् । कोशीपारीको गोठपानीस्थित सरस्वती माविबाट उनले परीक्षा दिएकी थिईन् ।
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment