अनुराग कश्यपसंग रिसाए सलमानका प्रशंसकहरू


चलचित्र 'शैतान' को निर्माता अनुराग कश्यपलाइ सलमान खानको प्रशंसकहरूले राम्रो पाठ पढाएको छ। एकातीर आलोचकहरूले अनुरागको हालै प्रदर्शनमा आएको चलचित्र 'शैतान' लाइ निकै राम्रो चलचित्रको रूपमा तारिफ गरेको छ भने सलमानका प्रशंसकहरूले उनलाइ जिस्काउन थालेको छ। वास्तवमा अनुराग ले ट्विटरमा चलचित्र 'दबंग' लाइ आलोचना गरे देखी सलमानका प्रशंसकहरू अनुराग कश्यपसंग निकै रिसाएका छन् । अहिले शैतान राम्रो चलचित्र भएतापनि बक्स अफिसमा निकै कमजोर साबित भएको थियो। यस कारण सलमानका प्रशंसकहरूले रेडीको सफलतालाइ शैतानको असफलतासंग तुलना गर्दै अनुरागलाइ होच्याउन थालेका छन्।

अहिले अनुरागले पनि चलचित्र रेडी अति सफल भएको स्विकारिसकेको छ। त्यसैले उनले सलमान खानको प्रशंसकहरूलाइ आफ्नो बिरोध नगर्न अनूरोध गरेका छन्। उनले आफ्नो दुश्मनी तथा प्रतिस्पर्धा नभएको प्रष्ट पारेका छन्। यस अलावा उनले सलमानसंग कुनै मतभेद नभएको समेत बताउन थालेको छ।
उता अनुरागले उनको आगामी चलचित्रलाइ सलमानको चलचित्र 'बडीगार्ड' संगै बजारमा उतार्ने तयारी गरिरहेको छ। यस कारणले सलमानका प्रशंसकहरूले अनुरागलाइ दुश्मन थानेको छ। तर अनुरागले सलमान बलिउडका भगवान हुन तापनि चलचित्रको प्रदर्शन मिती भने मैले तोक्ने होइन भनेर पन्छिन खोजेका छन्।
डिसीनेपाल डटकम संवाददाता

No comments: