एउटै कार्यालयमा दुई हाकिम /पुरानाले कुर्सी नछाडेपछि नयाँ हाकिम सोफामा
सायद धेरै ठाउँका कार्यालयहरु लामो समय कार्यालय प्रमुख तथा कर्मचारी विहिन बन्दै आएको समाचार हामीले धेरै पढेका र सुनेका छौं । तर, एउटै पदमा दुई/दुई जना प्रमुख पनि बस्छन् भन्ने सुन्दा अलि अचम्म लाग्नु स्वाभाविक हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा अहिले त्यस्तै भएको छ । नयाँ कार्यालय प्रमुख आएको सातादिन वित्तिसक्दा पनि पुराना कार्यालय प्रमुखले कुर्सी नछाडेपछि यस्तो समस्या भएको हो । जिल्लामा पर्वतबाट शम्भु ज्ञवाली सरुवा भएर आएका छन् भने हाल रहेका टंकप्रसाद चापागाई रामेछाप सरुवा भैसकेका छन् । तर सरुवा भएको दुई साता र ज्ञवाली आएको सातादिन वित्तिसक्दा पनि चापागाईले जिल्ला छाडेका छैनन् । मन्त्रालयले दुवै जनालाई एउटै मितिमा गत जेठ १६ गते सरुवा गरेको हो ।
ज्ञवाली गत जेष्ठ २५ गते नै जिल्ला आइपुगेका थिए । तर, चापागाईले कुर्सी नछाडेपछि उनी अहिले हरेक दिन कार्यालय प्रमुखकै कक्षभित्र अतिथि बस्ने सोफामा बस्दै दिन ब्तिाउदै आएका छन् । 'जिल्ला आएको आठ दिन भयो, मैले कुनै काम गर्न पाएको छैन । ज्ञवालीले भने, नियमले नपाउने हो, तर हाकिम जस्तो मान्छेलाई कसरी हस्तक्षेप गर्ने ।'
चापागाईले सरुवा भएको दुई साता ब्िित्तसक्दा पनि त्यही कुर्सीमा बसेर दैनिक प्रश्ाासन चलाउँदै आएका छन् । स्रोतका अनुसार चापागाई अहिले कार्यक्रम भन्दा पनि हिसावकिताव मिलाउनमा वेस्ता छन् । उनी आफै पनि हरहिसाव मिलाउने काम धेरै बाँकी रहेको बताउँछन् । अहिले प्रशासनिक कामदेखि चेकमा हस्ताक्षेर गर्नेसम्मका सवै काम पुरानै हाकिमले गर्दै आएका छन् । उनको बसाइ देखेर अहिले कर्मचारीहरु समेत दंग छन् । उनी भने कहिले आफू सरुवा भएको जानकारी मन्त्रालयबाट औपचारिक रुपमा नआएको र कहिले काम धेरै बाँकी रहेकाले बसेको बताउँछन् ।
अझ नयाँ हाकिमले आफूसँग पूर्वजानकारी र सल्लाह नगरी आएको बताउँछन् । 'आफू आउने भएपछि कहिले आउने भनेर फोन गर्नुपर्छ सल्लाह नै नगरी आए, उनले भने, 'म नगएसम्म त सवै काम म आफैं गर्छु ।' उनले आफू सरुवा भैसकेकाले जान त जाने तर, काम भ्याएर मात्र जाने बताए ।
दुई जना कार्यालय प्रमुख भएपछि अहिले कर्मचारीलाई कसबाट अनुमति लिएर काम गरौं भन्ने दुविधा बढेको छ । 'उहाहरुलाई भन्दा हामीलाई पो गाह्रो छ, जनस्वास्थ्यका एक कर्मचारीले भने- नयाँलाई सोधौं, पुरानो रिसाउछन् भन्ने लाग्ने, पुरानोलाई सोधौं नयाँ रिसाउछन् कि भन्ने डर, काम गर्न सारै गाह्रो भएको छ ।'
सामान्यतय सरुवा भएको २१ दिनभित्रमा सम्बन्धित जिल्लमा हाजिर हुनुपर्ने नियम छ । एक हप्ता कार्यभार छाड्ने समय, एक हप्ता बाटोमा र एक हप्ता कार्यभार समाल्नका लागि समय दिएको हुन्छ ।
साभार - इ. कान्तिपुर
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment