विहे गर्ने पुरुषमा पाँच क्वालिटी चाहन्छिन् पूजना
अभिनेत्री पूजना प्रधान सिङ्गल छिन् रे ! पक्का हो ? सोधिएको प्रश्नमा उनी प्रतिप्रश्न गर्छिन्, 'एनी डाउट ?' यती राम्री त्यो पनि सिनेमाकी हिरोइनको कुनै अफेयर नहुनु ? उत्तरमा पूजना भन्छिन्, 'प्रोपोज त आयो तर वान साइडेड लभको कसलाई के चासो ?' कुनै अफेयर नभएको बताउने यी सुन्दरीले विहे गर्ने पुरुषमा पाँच क्वालिटी चाहन्छिन् रे 'अनेस्ट, लोयल, इमोस्नल, केयरिङ र पोसेसिभ’ । अनि शिक्षा नि ? ‘जे होस पर्दा गर्न सक्ने हुनुपर्यो ।’ धर्मकर्मको प्रभावस्वरुप पूजना प्रधानबाट 'पूजना स्त्री' भएकी यिनले भनिन् ।
गतमहिना रिलिज भएको उनको सिनेमा ‘श्रीमान्’को बजारमा चर्चा चलेपछि पूजनाको व्यस्तताको मर्करी उकालो लाग्दैछ । ‘अँ व्यस्तता बढ्दै छ’ मेरोसिनेमासँग गफिंदा पूजना ‘तिम्रो कसम’को सुटिङको लागि स्वयम्भुमा थिइन् । यसबाहेक कल्याण घिमिरेको अर्को प्रोजेक्ट ‘धनवान’पनि पूजनाको पाइपलाइनमा छ । यी नायिका अबदेखि चुजी हुन्छिन् रे, ‘समाजलाई राम्रो शिक्षा दिन सक्ने मुभी मेरो रोजाइमा पर्ने छन् ।’ भन्छिन् ।
सिनेमा अध्ययनबिना यो क्षेत्रमा प्रवेश गर्नेको सुचीमा पूजना पनि परिन् । ‘बिबिएसमा फस्ट इयरमा भर्ना भएकी छु ।’ यसो भन्ने प्रधानले आफूले 'पढेर भन्दा परेर काम गर्ने' भन्न भ्याइन् ।
डिसीनेपाल डटकम संवाददाता
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment