सबै सहभागी होऔं : राष्ट्रपति रामवरण यादव

कान्तिपुर संवाददाता/काठमाडौ
     राष्ट्रपति रामवरण यादवले सबै नेपाली नागरिकलाई राष्ट्रिय जनगणनामा सहभागी भई यथार्थ विवरण लेखाउन आह्वान गरेका छन् । राष्ट्रिय जनगणना शुभारम्भ अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले उक्त आह्वान गरेका हुन् ।

जनगणना राष्ट्रिय चाड भएको उल्लेख गर्दै राष्ट्रपति यादवले यसलाई सम्पन्न गर्न सबै तहतप्काले सहयोग पुर्‍याउनु बताए । 'वास्तविक जनसंख्याले देशवासीको आर्थिक, सामाजिक, शैक्षिक हैसियत, विभिन्न जातजाति, धर्म, भाषा, बसोबासको भौगोलिक

वितरण र विकासका पूर्वाधार निर्माण तथा लगानी सुनिश्चित गर्न सक्छ,' उनले भने ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले जनगणनाको विगत र वर्तमान स्थितिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक उत्तमनारायण मल्लले गणकका रूपमा राष्ट्रपति परिवारको विवरण लिएका

थिए । सुपरिवेक्षकका रूपमा आयोगका सचिव युवराज भुसाल उपस्थित थिए । राष्ट्रपतिको पारिवारिक लगत लिएलगत्तै टोली उपराष्ट्रपति परमानन्द झा परिवारको लगत लिन पुगेको थियो ।
स्रोत:ई-कान्तिपुर

No comments: