अपराध नभए फिर्ती दुई दिनमा

कान्तिपुर संवाददाता/दोहा, जेष्ठ २६
                  कतारको आन्तरिक मन्त्रालयअन्तर्गतको सर्च एन्ड फलोअप डिपार्टमेन्टले कुनै अपराध मुद्दा नभएको व्यक्तिलाई ४८ घन्टाभित्र घर फिर्तीको सुविधा दिन सक्ने बताएको छ । सल्बारोडस्थित सनैया- २ नजिक सीईआईडी कार्यालयसँगैको यो डिपार्टमेन्टले शनिबार कतारस्थित विभिन्न दूतावासका प्रतिनिधि, मानवअधिकारवादी र सञ्चार- कर्मीहरूलाई अवलोकन गराउँदै यो जानकारी दिएको हो ।
प्रहरीले पक्राउ गरेका वा विभिन्न समस्यामा परेर आफैं डिपार्टमेन्टमा फिर्तीमा पुगेका व्यक्तिहरूको अनुसन्धानपछि कुनै अपराध नभए यो सुविधा पाउन सक्ने उसले जनाएको छ । यो डिपार्टमेन्ट बन्दीलाई पुपक्षका लागि थुनामा राख्ने स्थान हो, जसमा प्रहरीले पक्राउ गरेका वा विभिन्न समस्यामा परेर आफैं पुगेका व्यक्तिहरूको छानबिन, अनुसन्धान हुन्छ ।
छानबिनको क्रममा आरोपीविरुद्ध परेको मुद्दा, पि्रङरिङ गरेर अपराधदेखि थप अनुसन्धानको लागि क्यापिटल पुलिस वा सम्बन्धित ठाउँको प्रहरी स्टेसनमा पठाउने
गर्छ । अपराध नभए उनीहरू सक्दो छिटो घर जान सक्ने डिपार्टमेन्टले जनाएको छ ।
डिपार्टमेन्टले घर फिर्तीको लागि बन्दीहरू राख्ने केन्द्र -डिपोर्टेसन सेन्टर), उनीहरूको मेस, बन्दी भेट्ने स्थान, प्रार्थनास्थल, कपडा धुने वासिङ मेसिन, कपाल काट्ने ठाउँ, खेलकुद स्थल र स्वास्थ्य केन्द्रसमेत अवलोकन गराएको थियो । अधिकारहरूले सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्था गरेको बताए ।
बन्दीहरूलाई खाना, औषधि उपचार, कपडा धुने, कपाल काट्ने सबै नि:शुल्क रहेको पनि अधिकारीहरूले जनाएका छन् । डिपार्टमेन्टका निर्देशक कर्नेल नासेल अल सायदले कतारमा रहेका हरेक समुदायको सुरक्षाको लागि यसले पूर्ण सहयोग गर्ने जनाउँदै कतारको कानुन नम्बर ४/२००९ अनुसार आगमन, बहिर्गमन, आवास तथा आप्रवासीको स्पोन्सरको बारे कानुन सञ्चालन र लागू गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
 आन्तरिक मन्त्रालयको कानुन विभागका प्रमुख बि्रगेडियर हमाद अल मोहन्नादीले कुनै स्पोन्सरले कामदारलाई दु:ख दिएको खण्डमा आन्तरिक मन्त्रालयको मानवअधिकार
विभागमा मुद्दा दायर गर्न सक्नेसमेत जनाएको छ । उनले कतारको विकास आप्रवासीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कामदारहरूको सुरक्षा, मानवअधिकारको लागि आफूहरूको कर्तव्य भएको समेत जनाए ।
श्रीलंकाका दूतावासमा प्रतिनिधिले कतारमा नागरिक र आप्रवासीबीच विभेद नरहेको जनाउँदै डिपोर्टेसन सेन्टरमा आएकालाई भाषाको समस्या पर्ने भएकोले अनुवादकको व्यवस्था मिलाउन आग्रह गरेका थिए । दूतावासहरूको तर्फबाट उनले भनाइ राखेका थिए । भ्रमणपछि कान्तिपुरसँग कुरा गर्दै नेपाली दूतावासका द्वितीय सचिव जयबहादर राईले पहिलोपटक दूतावासलाई बोलाएर भ्रमण गराएको जनाउँदै यहाँबाट दिने सेवा सुविधाको जुन प्रयास भएको छ, त्यो राम्रो भएको बताए ।
घर फिर्ती केन्द्रमा रहेका बन्दीहरूलाई भेट्नको लागि डिपार्टमेन्टले बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म सक्ने जनाएको छ ।

No comments: