तीर्थ संगम राई/दोहा
सुचना !सुचना !!सुचना !!!
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको १९८ औ जन्म जयन्तिको अवसर पारेर "खुल्ला कविता प्रतियोगिता-२०६८" हुन गईरहेको जानकारी गराउँदछौ । दर्शक तथा श्रोताको प्रत्यक्ष सहभागितामा भोटिङ्ग गरेर प्रतियोगिताका विजेताहरु घोषणा गरिने उक्त प्रतियोगितामा सहभागि हुन चाहने सर्जकहरुमा आ-आफनो सिर्जना तपशिल बमोजिमको मिति तथा ठेगानामा बुझाउनु हुन अनुरोध गर्दछौ । साथै उक्त कार्यक्रममा कतारबाट प्रकाशित भएका साहित्य विधाका कृतिहरु मध्ये एउटा उत्कृष्ट कृतिलाई "नवोदित कृति एवार्ड-२०६८" को घोषणा गरिनेछ । कृतिकार श्रष्टाहरुले आफ्नो एक प्रति कृति सहित नवोदित साहित्यिक मोवाईल पुस्तकालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।
कविता आई पुग्नुपर्ने अन्तिम मिति :- ०८ जुलाई २०११ ।
कृति दर्ता अन्तिम मिति :- ०१ जुलाई २०११ ।
कार्यक्रम हुने स्थान :- टपफम रेष्टुरेन्ट
मिति र समय :- ०८ जुलाई २०११ बिहान ११ बाट सुरु ।
पुरस्कारहरु :-
प्रथम- नेरु १००००।-दोस्रो- नेरु ७०००।- तेस्रो- नेरु ५०००।- सान्त्वना- नेरु २०००।- उत्कृष्ट वाचन- नेरु २०००।- नवोदित कृति एवार्ड-२०६८ उत्कृष्ट एउटा कृतिलाई दिईनेछ ।
कविता प्रतियोगिता सम्बन्धि केहि नियम र जानकारीहरु :-
१. कविता मौलिक र अप्रकाशित हुनु पर्ने छ ।
२. कविता बढीमा १२५ शब्द सम्मको हुनुपर्ने छ ।
३. कविताले कसैको व्यक्तिगत जीवन वा नैतिकतामा ठेस पुर्याउन पाईने छैन ।
४. राष्ट्र राष्ट्रियता जाति धर्म लिङ्ग र सामप्रदायी खल्ल पुर्याउने कवितालाई प्रतियोगितामा सहभागि गराईने छैन ।
५. कतार सरकार साथै कतारको कानुनलाई मान्य नहुने भावर्थ भएको कवितालाई प्रतियोगितामा समावेश गराईने छैन ।
६. कविता स्वंयम कवि या कवयत्रीहरुले उपस्थीत भएर वाचन सहित प्रतियोगितामा सहभागि हुनु पर्नेछ ।
७. कविता ०८ जुलाई २०११ सम्ममा आई पुग्नु पर्ने छ । त्यस भन्दा पछि या कार्यक्रममा आएका कविताहरुलाई सहभागि गराईने या वाचन गर्न दिईने छैन ।
८. पुरस्कृत विजेतालाई नगद तथा प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ । सहभागिहरुलाई प्रमाणपत्र बितरण गरिने छ ।
कृति दर्ता सम्बन्धी केहि नियम र जानकारीहरु-
१. कृतिकार स्वंयमले आफ्नो कृति नवोदित साहित्यिक मोवाईल पुस्तकालयमा बुझाउनु पर्ने छ ।
२. संस्थागत स्मारिका मुखपत्र या अनुवाद कृतिलाई सहभागि गराईने छैन ।
३. नेपालमा रहि पुस्तक प्रकाशन गरि कतार आउँदा ल्याईएका कृतिलाई मान्यता दिईने छैन । तर विदाको समयमा गएर प्रकाशन गरि ल्याईएका कृतिलाई भने समावेश गरिने छ ।
४. मातृभाषामा भएका कृतिलाई पनि मान्यता दिईने छ ।
५. कतारमा रहि कृति प्रकाशन गर्नु भएका तर हाल नेपाल रहनु भएका कृतिकारहरुले आधिकारीक पत्र सहित कसैलाई कृति दर्ता गराउन खटाएमा त्यस्तो कृतिलाई पनि समावेश गराईने छ ।
६. चाहे त्यो विधागत होस या मिश्रित साहित्यिक कृतिलाई मात्र मान्यता दिने जानकारी गराईन्छ।
७. विस्तृत् जानकारीको लागि तल दिईएका व्यक्तिहरु अथवा naboditsw@gmail.com, deepak.bhetwal@gmail.com मा मेल गरेर बुझ्न सक्नु हुनेछ ।
दोहा नेशनल सम्पर्क :- दीपक भेट्वाल-५५८३८५६१, कृष्ण क्षितिज राई-६६७९८६७४, राजेश्वर ढकाल-७७९४३२९७, प्रविण राई-७७२६३४१६ सनैया सम्पर्क :- हेमन्त परदेसी-३३२०३६९७, इन्द्रमणि नेपाल-७७४०९०३४, चर्चित ढुंगेल-७७१३६६३९ अलखोर सम्पर्क :- नविन लामा-७७६८७४०६, सेलिङ केसी-६६६९९६४२ ।
No comments:
Post a Comment