एघार वर्षीय बालकको हत्या

नुवाकोट, वैशाख १९- नुवाकोटको घ्याङ्फेदी गाविसमा एक बालकको हत्या भएको छ।  घ्याङ्फेदी गाविस–८ घेवरफेदीका ११ वर्षीय प्रकाश तामाङको हत्या भएको हो। तामाङलाई सोही गाउँका १६ वर्षीय जितमान तामाङले हत्या गरेको स्थानीय कालु शेर्पाले जानकारी दिएका छन्। राति गाउँमा भएको धामीको पूजामा जम्मा भएका उनीहरुबीच झगडा भएपछि हत्या भएको हो।

स्थानीयबासीले कुटेर मारेको भने तापनि खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरी स्रोतको भनाइ छ।

घटनास्थल दुर्गम भएकाले अहिलेसम्म प्रहरी पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलका अनुसार हत्यामा संलग्न जितमान तामाङलाई गाउँलेले नियन्त्रणमा राखेर प्रहरीलाई खबर गरेका छन्।

घटनास्थलमा समुद्रटार प्रहरी चौकीबाट प्रहरी प्रस्थान गरेका छन्।

No comments: