मै राम्री...को शुभसाइत

नयाँ नेपाली चलचित्र 'मै राम्री...' को शुभसाइत सम्पन्न भएको छ । पुतलीसडकस्थित डि्रम्स स्टुडियोमा चलचित्रको शुभसाइत गरिएको हो । एलिजा रिजाल प्रस्तुतकर्ता रहने यो चलचित्रको निर्देश्ान राजु गिरीले गर्दैछन् । चलचित्रमा आयुष रिजाल, युना उप्रेती, अशोक फुयाँल, मनोज लामिछाने, प्रभाकर श्रेष्ठ, एलिजा रिजाल, रेखा घिमिरे, रश्मी भट्ट आदि कलाकारले मुख्य भूमिका निर्वाह गर्दैछन् ।

शुभसाइत समारोहमा चलचित्रको गीत रेकर्डिङको थालनी गरिएको थियो । समारोहमा अर्जुन पोखरेलद्वारा संगीतबद्ध एउटा गीतमा दार्जीलिङका गायक कर्मा ग्याल्जेन तथा गायिका दुर्गा खरेलले स्वर दिएका थिए । चलचित्रका सबै गीतमा यी दुई गायक-गायिकाका साथै स्वरूपराज आचार्यको पाश्र्व गायन रहनेछ ।

No comments: