सोभितको फिल्मबाट जयकिसन आउट

imageनिर्देशक सोभित बस्नेतले बरदान फिल्मबाट आफ्ना भाइ अभिनेता जयकिसनलाई निकालेका छन् । दाइले आफूलाई निकाले पछि भाइ जय पनि के कम उनले पनि आफूले निर्माण गर्न लागेको नयाँ फिल्म पार्टनरको निर्देशकबाट दाइ सोभितलाई निकालेका छन् । 

अभिनेता जयकिसनले आफूलाई छुट्टाइएको रोल चित्त नबुझेका कारण बरदान छोडेको बताएका छन् । तर निर्देशक सोभितले भने आफ्ना भाइ जयकिसनलाई गाडी चलाउन नआउने भएकाले बाध्य भएर बिदा दिएको दावी गरेका छन् । सोभीतले बरदानमा जयकिसनलाई दिइएको भूमिकाको बारेमा भने ुबरदानमा जयकिसनलाई राजेश हमालको ड्राइभरको पावर फूल रोलमा लिइएको हो । पूरै फिल्म भरि उसले गाडी चलाउनु पर्ने छ । एक महिना पहिलानै उसलाई गाडी ड्राइभिङ सुधार भनेको तर उसले चासो देखाएन । त्यसकारण बाध्य भएर निकाल्नु पर् यो ।ु 

जयकिसनले आफूलाई गाडी राम्रोसँग चलाउने अभ्यास नभएको स्वीकारेका छन् । ुखासमा मलाई रोल नै चित्त नबुझेर छोडेको हुँ जयकिसनले भने ुमलाई गाडी ड्राइभिङ खासै आउदैन ।ु जयकिसनले बरदानबाट आफू निस्कीएपछि अब आफूले आफ्नो नयाँ फिल्म पार्टनरको निर्देशकमा दाइ सोभितलाई नलिने बताएका छन् । फिल्मकै कारणले दाजु भाइ सोभित र जयकिसनबीच पानी बाराबर हुने त होइन फिल्म लाइनमा अचेल यस्तै गाँइ गुँइ सुनीन थालेको छ ।
नया पत्रिका 

No comments: