धर्मराज अधिकारी, वेलायत, वैशाख १२- नयाँ वर्षको अवसर पारेर बेलायतस्थित ग्रिनविच बरोका गोर्खाहरुले आइतबार विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। ग्रिनविच गोर्खा भुतपूर्व सैनिक संघले प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन बेलायतस्थित नेपाली राजदुत सुरेशचन्द्र चालीसेले गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै राजदुत चालीसेले गोर्खाहरुसँग बेलायतको इतिहास पुरानो रहेको बताए। उनले नेपाल र बेलाययतबीचको सम्बन्ध गोर्खाहरुकै कारण अझ बलियो भएको समेत दावी गरे। बेलायतीहरुले नेपालीहरुको बहादुरी र इमान्दारीताको कदर गरेको अनुभव सुनाउँदै राजदुतले बेलायती जनता गोर्खाहरुप्रति आभारी रहेको बताए।
ग्रिनविच गोर्खा भुतपूर्व सैनिक संघका अध्यक्ष रिटायर्ड मेजर मन बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उनले नयाँ वर्षको शुभकामना दिए। नयाँ वर्ष नेपाल र नेपालीका लागि महत्वपूर्ण वर्ष सावित हुने राजदुतले बताए। शान्ति स्थापना र संविधान निर्माणका सवालमा यस वर्षले महत्वपूर्ण ठाउँ लिने उनको भनाई थियो।
ग्रिनविच बरोकी मेयर बारबर बारविकले नेपाली नयाँ वर्षमा आफूलाई बोलाएकोमा आभार प्रकट गरिन्। उनले गोर्खा परिवार र बेलायती जनताबीच गहिरो सम्बन्ध रहेको बताइन्। गोर्खापरिवारको समस्याका बारेमा आफु पनि गम्भिर भएको उनको भनाइ थियो। सो अवसरमा मेयर बारबर बारविकले विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेकी थिईन। यसरी सममानित हुनेहरुमा समाजसेवी एवं नेपाली टिभिका प्रमुख मोहन गुरुङ, लण्डस्थित एल सि इ एम कलेज, सेसी, तथा विभिन्न व्यवसायीक संस्थाहरु छन।
साभार - नागरिक समाचार
No comments:
Post a Comment