२२ वर्षअघि ड्रागनमा एयर होस्टेसको काम पाएपछि रोजगार भिसामा हङकङ आएकी गोर्खा सैनिक परिवारकी गुरुङ छ वर्षदेखि ‘इनफ्लाइट सर्भिस मेनेजर' को रुपमा कार्यरत छिन्। चालक दल सहित १५ सदस्यीय टिमको इन्चार्ज रहेकी गुरुङले धैर्यतासाथ यात्रुलाई विश्वासमा लिएर आपतकालीन अवतरण सहज बनाएको बताइएको छ। यो सम्मान आफ्नो २२ वर्षे व्यावसायिक जीवनकै खुसीको क्षण भएको अरुणाले बताइन्। "हङकङमा बस्न नसकेको जहाज मकाउमा अवतरण गराएर चालक दलका सदस्य सहित तीन सय यात्रु सुरक्षित घर फर्किँदा निकै खुसी लागेको थियो", आफ्नो पेशागत जीवनको सबभन्दा अविस्मरणीय घटना सम्झँदै गुरुङले भनिन्, "अहिले अवार्ड पाउँदा अकल्पनीय घटनाले प्रेरणा र अवसर पनि सिर्जना गर्दोरहेछ भन्ने लाग्यो। समारोहमा तीन वटा टिम, तीन जना विमानस्थल कर्मचारी र तीन वटा कम्पनी गरी नौ अवार्ड प्रदान गरियो।
तीन सय आवेदनमध्येबाट अवार्डका लागि उत्कृट टिम छनोट गरिएको बताइएको छ। कार्यक्रममा कार्यकारी प्रमुख हुइले उत्कृष्ट दक्षता प्रदर्शन गरी अवार्ड पाउने कर्मचारीहरूलाई बधाई दिँदै ‘विमानस्थलको विश्व स्तरको सेवालाई अझ् राम्रो बनाउनका लागि मिहिनेत गर्न' कर्मचारीलाई आग्रह गरे। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले दुई साताअघि मात्र एयरपोर्ट काउन्सिल इन्टरनेशनल वर्ल्डबाट विश्वकै उत्कृष्ट विमानस्थलको अवार्ड पाएको थियो। दैनिक एक लाख ४० हजार यात्रुलाई सेवा दिँदै आएको विमानस्थ सुरक्षा, सरसफाई र सुविधाको हिसावले विश्वकै उत्कृष्ट ठहरिएको हो।
चीनका २३ वटा शहर सहित पूर्वी र दक्षिण एसियाली शहरमा उडान गर्ने ड्रागन एयर क्याथे प्यासेफिकको सिस्टर एयरलाइन्स हो। यसले हङकङ-काठमाडौँ सातामा छ वटा उडान गर्दै आएको छ। एक हजार छ सय एयर होस्टेस रहेको ड्रागनमा गुरुङलाई पछ्याउँदै अर्की एक जना नेपाली पनि काम गर्दैछिन्।साभार - नागरिक
No comments:
Post a Comment