सहकारीका माध्यमबाट नेपालमा पनि हरेक क्षेत्रमा विकास गरी मुलुकको उन्नति गर्न सकिन्छ भन्ने दृष्टान्त देखाउने र आँटे गर्न नसकिने केही छैन भन्ने मान्यता बोकेर नेकपा -एमाले)का नेता राजेन्द्रप्रसाद पाण्डे केही प्रतिष्ठित व्यक्तिहरूको साथ लिएर यतिबेेला ठूलो अस्पताल निर्माणको अभियानमा जुट्नुभएको छ।
नेपाल स्वास्थ सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष पाण्डे राजधानीको स्वयम्भुमा ९ सय शौयाको शिक्षण अस्पताल निर्माणका लागि अहोरात्र लागिरहनुभएको छ।
उहाँको टीममा रहेकाहरू पनि निकै सक्रिय र प्रतिबद्ध देखिन्छन्। यसैले पनि उहाँलाई काम गर्ने उत्साह अझ बढेको देखिन्छ। संसदीय अभ्यासमा राम्रो दखल रहेका र स्थानीय विकास मन्त्रीको समेत अनुभव हासिल गर्नुभएका नेता पाण्डे राजनीतिसँगै सामाजिक र विकासका कामलाई अगाडि बढाउने सर्न्दर्भमा यतिबेला सहकारीका माध्यमबाट शिक्षण अस्पताल, विश्वविद्यालय एवम् अन्य सकारात्मक कार्यहरू गर्दै जाने योजनामा हुनुहुन्छ।
यिनै विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका टंक पन्तसँग कुरा गर्दै नेता पाण्डेले मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पताल निर्माण कार्य प्रारम्भ भएको र सहकारीका माध्यमबाट यति ठूलो कार्य नेपालमा पहिलो पटक भएको बताउनुभएको छ। प्रधानमन्त्री झलनाथ खनालले आज शनिबार सो अस्पतालको शिलान्यास गर्दै हुनुहुन्छ र नेपाल स्वास्थ सेवा सहकारी संस्था लिमिटेडको पाँचौं साधारणसभा पनि हुँदै छ। प्रस्तुत छ, कुराकानीको सारसंक्षेप।
सहकारीको माध्यमबाट ठूला-ठूला काम गर्न सकिन्छ भन्ने दृष्टान्त हामीहरूले दिन खोजेका छौं। ऊर्जा संकट भएको देशमा सहकारीबाटै ऊर्जा उत्पादन, जडीबुुटी उद्योग, पर्यटनको विकास गरी राष्ट्रलाई आर्थिकरूपले समृद्ध गर्न सकिन्छ भन्ने सोचसमेत बनाएका छौं।
नेपालमा मेडिकल डाक्टरको ठूलो अभावको समस्यालाई सम्बोधन गर्न एवम् देशको दर्ुगम स्थानमा सेवा पुर्याउने उद्देश्यले मेडिकल डाक्टर उत्पादन गर्नुपरेकाले मेडिकल कलेजको आवश्यकता महसुस गरिएको हो। चौबीसै घण्टा आकस्मिक, सामान्य एवम् विशेषज्ञ चिकित्सा सेवा सरलरूपमा आमजनतामा पुर्याउने गुणस्तरीय स्वास्थ जनशक्ति उत्पादन गर्ने, देशका विभिन्न भागहरूमा सामुदायिक स्वास्थ उपचार केन्द्र तथा अस्पतालहरू स्थापना गर्नेजस्ता उद्देश्य राखिएको छ।
ठूलो लक्ष्य लिएर काम प्रारम्भ गर्नुभएको छ, शुरुआतको सोच कसरी आयो -
तत्कालीन प्रधानमन्त्री एवम् श्रद्धेय नेता मनमोहन अधिकारीको स्मृतिलाई सदा जीवन्त राख्न र देशमा केही सामाजिक काम गर्ने उदेश्यका साथ २०६२ साल चैतदेखि एउटा अभियान शुुरु गर्यौं। जुन अभियानसँगै सोही वर्षो चैत ४ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा प्रतिव्यक्ति १ लाख १ हजार रकम संकलन गरी २८ जना मिलेर नेपाल स्वास्थ सहकारी संस्था लिमिटेड दर्ता गर्ने कार्य भयो।
यसको तर्फाट २०६३ जेठ १ देखि काठमाडौंको ठमेलमा १ सय शैयाको मनमोहन मेमोरियल सामुदायिक अस्पताल सञ्चालन गर्यौं। र, त्यसको एक वर्षछि नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण र सहकारीको सदस्य संख्या थप गरी ललितपुरको नख्खु बजारमा ८ रोपनी १३ आनामा बनेको २० हजार स्क्वायर फुटको चारतले भवन खरिद गरी मनमोहन मेमोरियल इन्सिटच्युट अफ हेल्थ साइन्स नर्सिङ कलेज पनि सञ्चालन गरियो। जहाँ नर्सिङ लगायतका सात वटा विषयमा कक्षा सञ्चालन भइरहेको छ र त्यहाँ ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
छोटो अवधिमा नै हामीले प्रारम्भ गरेका कार्यहरू सफल हुँदै गएका छन् र आगामी योजनाहरूलाई पनि त्यत्तिकै सफलताका साथ अगाडि बढाउने गरी हामीहरू निरन्तर क्रियाशील रहेका छांै। हामीसँग काम गर्ने टीम आफैंमा उदाहरणीय छ।
आगामी योजना के के रहेका छन् ?
काम गर्दै जाँदा २०६४ सालमा स्वयम्भुस्थित चक्रपथमा जोडिएको १२ रोपनी जग्गा खरिद गरियो र जमिन थप्दै २५ रोपनी पुर्याइयो। बैंैंकबाट ऋण र सहकारीका सदस्यबाटै जग्गा खरिद गर्ने काम भयो। अहिले त्यही स्वयम्भुमा रहेको २५ रोपनी जग्गामा ९ सय शैयासहितको मनमोहन मेमोरियल मेडिकल कलेज शिक्षण अस्पतालको निर्माण कार्य प्रारम्भ भएको छ। ३ लाख ३९ हजार वर्गफिट क्षेत्रफल ओगट्ने १० तले भवन बनाउने गरी कार्य अगाडि बढाइएको छ।
अस्पताल निर्माण कहिले सकिन्छ ?
एक वर्षभत्रै ३ सय शैया सञ्चालन गर्ने गरी काम सकिन्छ भने ३० महिनामा ९ सय शैयाको सबै सुविधासम्पन्न अस्पतालको निर्माण कार्य सम्पन्न हुनेछ। शिक्षण अस्पताल र सो स्थानको करिब ८ किमि पश्चिम बलम्बुमा रहेको ७५ रोपनी जग्गामा शैक्षिक भवन, छात्रावास एवम् शैक्षिक आवास भवनहरू रहनेछन्।
अहिले शेयर सदस्य संख्या कति छन् र अरुले सदस्यता लिन चाहेमा के गर्नुपर्छ -
हाल शेेयर सदस्य संख्या १ हजार ५ सय ८१ जना रहेको र १ लाख ५१ हजार रकम जम्मा गरेपछि एक जना शेयर सदस्य हुने व्यवस्था छ।
मेडिकल कलेज स्थापना गर्न नै किन लाग्नुभयो ?
नेपालमा मेडिकल डाक्टरको ठूलो अभावको समस्यालाई सम्बोधन गर्न एवम् देशको दर्ुगम स्थानमा सेवा पुर्याउने उदेश्यले मेडिकल डाक्टर उत्पादन गर्नुपरेकोले मेडिकल कलेजको आवश्यकता महसुस गरिएको हो। चौबीसै घण्टा आकस्मिक, सामान्य एवम् विशेषज्ञ चिकित्सा सेवा सरल रूपमा आमजनतामा पुर्याउने गुणस्तरीय स्वास्थ जनशक्ति उत्पादन गर्ने, देशका विभिन्न भागहरूमा सामुदायिक स्वास्थ उपचार केन्द्र तथा अस्पतालहरू स्थापना गर्नेजस्ता उदेश्य राखिएको छ।
यो योजनाको लागत कति पुग्ला ?
मनमोहन मेमोरियल शिक्षण अस्पतालको निर्माण कार्य पूरा भई
सञ्चालनमा आइसक्दा ३ अर्ब रुपियाँ खर्च हुनेछ। १ अर्ब उपकरण खरिदका लागि मात्रै लाग्ने अनुमान गरिएको छ।
स्वयम्भुमा भवन बनेपछि ठमेलमा रहेको अस्पताल पनि त्यहीं सार्ने योजना रहेको छ। नेपालमा रहेका दक्ष चिकित्सकहरू अस्पतालमा रहनेछन्। जेष्ठ नागरिक, अपा•गता भएकादेखि अन्य गरिब, निसहायहरूलाई विशेष सुविधा दिने एवम् शेेयर सदस्यहरूका लागि पनि विशेष प्याकेज स्वास्थ सेवा कार्यक्रम रहनेछ।
सहकारीका माध्यमबाट अरु पनि कामका योजना छन् कि ?
मनमोहन मेमोरियल शिक्षण अस्पतालबाट १३ किमि पश्चिम धादिङको छत्रेदेउराली र जीवनपुर गाविस जोड्ने ठाउ महेशफाँटमा मनमोहन अधिकारी सहकारी विद्यालय पनि स्थापना गर्न लागिएको छ। स्थानीय जनताले आफनै पुजाभित्रको ३ सय रोपनी जग्गा उपलब्ध गराएका छन् भने सरकारबाट ९ सय रोपनी भोगाधिकार जमिन प्राप्त भएको छ। थप ३ सय रोपनी हामी आफैंले खरिद गर्दै छौं। अहिले भएका प्रख्यात विश्वविद्यालयभन्दा अझ राम्रो बनाउने गरी अगाडि बढ्ने हाम्रो योजना रहेको छ। मेडिकलसहित सबै विषयमा विश्वविद्यालयमा पढाइ हुनेछ। त्यसैगरी पाँच विकास क्षेत्रमा क्षेत्रीय अस्पताल पनि निर्माण गर्ने योजनाका साथ लागेका छौं।
विकासका काम पनि अगाडि बढाउने उदेश्य छन् कि ?
सहकारीको माध्यमबाट ठूला-ठूला काम गर्न सकिन्छ भन्ने दृष्टान्त हामीहरूले दिन खोजेका छांै। ऊर्जा संकट भएको देशमा सहकारीबाटै ऊर्जा उत्पादन, जडीबुुटी उद्योग, पर्यटनको विकास गरी राष्ट्रलाई आर्थिक रूपले समृद्ध गर्न सकिन्छ भन्ने सोचसमेत बनाएका छौं।
राजनीतिमा निरन्तर क्रियाशील हुनुहुन्छ, यी काम गर्न कसरी भ्याउनुहुन्छ ?
म सानैदेखि कर्ममा विश्वास राख्ने व्यक्ति हु। त्यसैले राजनीतिसँगै थुप्रै सामाजिक कार्यका महत्त्वपूर्ण् जिम्मेवारीमा छु। पार्टीे राज्य व्यवस्था विभागको प्रमुख भएर काम गर्दागर्दै पनि निजी र आराम गर्ने समयलाई व्यवस्थापन गरी अन्य सामाजिक र विकासका काम गर्ने गरेको छु।
साभार : कामना पब्लिकेसन
No comments:
Post a Comment