टीका पहाडीका छोरा गौरव अभिनयमा
यी हुन्- गौरव पहाडी । वरिष्ठ चरित्र अभिनेता टीका पहाडीका जेठा छोरा गौरव पनि फिल्म अभिनयमा लागेका छन् । बाबुको प्रेरण्ले कलाकारितामा प्रवेश गरेका उनी हिरो बन्न चाहन्छन् । त्यसका लागि उनले आफूलाई पूर्ण रुपले तयार गरेको बताउँछन् ।
२००७ मा मुम्बईस्थित किशोर नमित कपुरको एक्टिङ ल्याबमा ६ महिने अभिनय प्रशिक्षण लिएका उनले त्यसपछि लाइफ समह्वेरलगायतका विभिन्न सातवटा लघुफिल्ममा अभिनय गरे । लाइफ समह्ेवरले क्यानेडियन इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट सर्टफिल्मको अवार्ड जितेको थियो । भारतीय अभिनेता मिथुन चक्रवर्तीका माइला छोरा रिमो चक्रवर्तीले निर्माण गरेको उक्त लुघफिल्ममा उनले गरेको अभिनयको पनि तारिफ भयो ।
गायक उदितनारायण झाका सालो आनन्द गहतराज निर्देशित भोजपुरी भाषाको फिल्म कानुन हमार मुठीमेमा पनि अभिनय गरेका गौरवले भारत बसाइका क्रममा केही टेलिविज्ञापनमा समेत अभिनय गरेको बताउँछन् ।
आफ्नै नाम स्थापित गर्न चाहने उनले प्रदीप कसपालको निर्देशनमा बनेका केही म्युजिक भिडियोमा पनि मोडलिङ गरेका छन् । केही समय कान्तिपुर टेलिभिजनमा कार्यक्रम निर्माता भई काम गरेका गौरव अब भने फिल्म अभिनयमै लाग्न चाहन्छन् । ुमैले आफूलाई फिचर फिल्मका लागि तयार गरेको छुु गौरव भन्छन् ुम अलि पहिले नै फिल्म क्षेत्रमा लाग्न चाहन्थेँ । तर बुबाले ग्य्राजुएसन सकेपछि मात्र लाग्ने सल्लाह दिनुभयो । त्यसकारण मैले पढाइलाई प्राथमिकता दिएँ ।ु पुनाबाट ग्य्राजुएसन गरेका उनलाई बाबुले नै अभिनय प्रशिक्षणका लागि किशोर नमितकहाँ भर्ना गरिदिएका हुन् । ुबुबालाई मेरो लक्ष्य थाहा थियो । त्यसकारण मैले ग्य्राजुएसन सकेपछि उहाँले नै लगेर एक्टिङ क्लास ज्वाइन गरिदिनुभएको होु गौरव भन्छन् ुकलाकारितामा लाग्न बुबाको ठूलो सहयोग छ ।ु
अभिनयका लागि केही नेपाली फिल्मबाट कुरा भइरहेको बताउँछन् उनी । रिमोले निर्माण गर्न लागेको नयाँ फिल्ममा पनि अभिनय गर्न लागेका उनी नेपाली फिल्म अभिनयमै आफूलाई समर्पित गर्ने बताउँछन् । भन्छन् ुम नेपाली फिल्ममै जम्न चाहन्छु । भ्याएसम्म मुम्बईका फिल्ममा पनि काम गर्छु । तर मलाई स्वेदेशी फिल्म अभिनयमै लगाव छ ।ु
साभार : नया पत्रिका
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment