एसएलसी सकिएलगत्तै यशस्वी ढकाल स्टाफ नर्स बन्ने सपना सजाउन थालेकी छिन्। स्टाफ नर्स बनेर केही समय काम गरी थप स्टडिका लागि अब्रोड जाने आफ्नो सपना पूरा गर्न पनि उनी स्टाफ नर्स प्रवेश परीक्षाको तयारी कक्षा गरिरहेकी छिन्। यो वर्ष यशस्वीझैं करिब ४ हजार छात्राले स्टाफ नर्सको कोर्स गने अवसर पाउनेछन्। गत वर्षदेखि स्टाफ नर्स अध्यापन गराउने कलेजको संख्या बढेकाले पनि स्टाफ नसर् को यात्रा सहज भएको हो। दसौं हजार छात्रा स्टाफ नर्स बन्ने लक्ष्यका साथ प्रवेश परीक्षामा प्रतिस्पर्धा गर्ने भएकाले मेहनतचाहिँ आवश्यक हुन्छ नै। राजधानीलगायत अन्य सहरमा नर्सिङ प्रवेश परीक्षा तयारीका लागि सञ्चालित इन्स्टिच्युटहरूमा देखिने छात्राहरूको उल्लेख्य भीडले नर्सिङप्रतिको मोहलाई प्रस्ट्याउँछ। स्कुले अध्ययनमा राम्रो गर्ने छात्राहरूले एसएलसी उत्तीर्ण भएपछि नर्सिङलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ।
नेपालमा मेडिकल प्रशिक्षित मानिसको माग विकसित देशमा बढ्दो छ, जसमा सबैभन्दा बढी माग नर्सहरूकै छ। यसले नेपाली नर्सका लागि युरोप, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता मुलुकमा करियर बनाउने बाटो खुला गरिदिएको छ, तर यसो भन्दैमा नेपालमा नर्सहरूका लागि अवसर छैन भन्ने होइन। हरेक वर्ष उत्पादन हुने नर्सको ठूलो संख्या स्वदेशमै पनि खपत हुने गरेको छ। एकातर्फ नेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज बन्नुले स्टाफ नसर् प्रतिको आकर्षण कायमै रहेको हो।
स्टाफ नर्स नै किन ? 'सुरक्षित क्यारियरका रूपमा विकास हुनुले पनि यसप्रतिको आकर्षण बढेको हो।' स्टाफ नर्स अध्ययनरत सुशोभिता काफ्ले भन्छिन्- 'यहाँ मात्र होइन विदेशमा समेत रोजगारीको राम्रो अवसर छ।' त्यसो त पेसागत रूपमा सेवामूलक कार्य भएकाले पनि छात्राहरूले नर्सिङको अध्ययनमा रुचि देखाउने स्मृतिको भनाइ छ।
प्राविधिक शिक्षाको सूचीमा स्टाफ नर्स रोजगारमुखी र सजिलो पेसा भएकाले आकर्षण बढ्दो क्रममा रहेको नेपाल नर्सिङ काउन्सिलले जनाएको छ। विदेश जानेहरूले अन्तर्राष्ट्रिय स्तरका प्रवेश परीक्षा उत्तीर्ण गरेको खण्डमा त्यहाँ गएर काम पाउन अझ सहज हुन्छ। जसले गर्दा त्यहाँ जानेबित्तिकै उनीहरूलाई उच्च अध्ययन र रोजगारीको अवसर मिल्ने जानकारहरू बताउँछन्। खास गरेर उनीहरूले त्यहाँ नर्स तथा हो मनर्सका रूपमा काम गरेको पाइन्छ।
'स्वदेशमै पनि स्टाफ नर्सको आवश्यकता अझै छ' स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालक निमासका प्रबन्ध निर्देशक डाक्टर ले खनाथ बराल भन्छन्- 'हाल करिब १ सयवटा नर्सिङ कलेज सञ्चालन हुनु र अझै खुल्ने क्रममा रहनुले यसलाई पुष्टि गर्छ।'
स्टाफ नर्स अध्यापन गराउने कलेजको संख्या अझै बढ्दै जाने सिटिइभिटी सम्बन्धन महाशाखाका उपनिर्देशक देवेस देवकोटा बताउँछन्। दे वकोटाका अनुसार अस्पताल भएका शैक्षिक संस्थाले मात्र स्टाफ नर्स अध्यापन गर्न पाउनेछन्। देवकोटा भन्छन्- 'सम्बन्धन प्राप्त गर्ने सूचीमा थुप्रै शैक्षिक संस्था छन्।' सरकारी कलेजहरूको तुलनामा प्राइभेट सिटिइभिटी को अध्ययन शुल्क बढी छ। सरकारी कलेजमा न्यून शुल्कमा अध्ययन गर्न पाउने भए पनि सिटिइभिटीअन्तर्गतका कलेजमा २ लाख ५० हजार देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्छ।
स्टाफ नर्स अध्ययनमा क्रेज भएकै कारण हुनसक्छ, राजधानी काठमाडौंमा मात्र तीन दर्जन इन्स्टिच्युटले स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएका छन्। इन्स्टिच्युटमा स्टाफ नर्सको प्रवेश परीक्षाका लागि अध्ययन गर्नुपर्ने विषय, यसअघिका प्रवेश परीक्षाका प्रश्नपत्रको समाधान अभ्यास तथा नर्सिङ अध्ययनका आधारभूत ज्ञान प्रदान गरिने निमास इन्स्टिच्युटका प्रबन्ध निर्देशक डा. बराल बताउँछन्।
'नर्सिङ स्वास्थ्यसँग सम्बन्धित भएर पनि सामाजिक प्रतिष्ठा र सेवासँग सम्बन्ध जोडिएको विषय हो,' स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्दै आएको इन्टेल इन्स्टिच्युट, बागबजारका प्रमुख कार्यकारी उमेश थापा भन्छन्- 'त्यसैले स्टाफ नर्स बन्ने विद्यार्थीमा के कस्ता गुण हुनुपर्छ भन्ने कुरा पनि प्रवेश परीक्षा तयारी कक्षाले जानकारी दिन्छ।' सिटिइभिटीले स्टाफ नर्स कार्यक्रम सञ्चालनको सम्बन्धन दिनुअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक कलेज तथा काठमाडौं विश्वविद्यालयमा मात्र यो कोर्स अध्यापन हुन्थ्यो।
नेपालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पस (६१ सिट, १ सिट कर्मचारीका छोराछोरीका लागि), ललितपुर नर्सिङ क्याम्पस (४५ सिट), पोखरा नर्सिङ क्याम्पस (४५ सिट), वीरगन्ज नर्सिङ क्याम्पस ४० (३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन) ने पालगन्ज नर्सिङ क्याम्पस ४० -३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन सिट), विराटनगर नर्सिङ क्याम्पस ४५ (३५ सिट स्कलरसिप तथा १० सिट डोनेसन सिट) छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६ वटा क्याम्पसमा २ सय ७६ जनाले भर्ना पाउँछन्। त्रिभुवन विश्वविद्यालय तथा वीर हस्पिटलको नाम्समा प्रवेश परीक्षा दिन एसएलसीमा न्यूनतम ५० प्रतिशत अंक हासिल गर्नुपर्छ। यी ७ वटा नर्सिङ कलेजमा भर्ना पाउन कठिन मानिन्छ। वीर अस्पतालमा ४० जनाले अध्ययन गर्न पाउँछन्।
त्रिविअन्तर्गतका सरकारी कलेजहरूमा भर्नाका लागि प्रवेश परीक्षामा विज्ञानबाट ४५ प्रतिशत, हेल्थबाट २० प्रतिशत, अंग्रेजीबाट २५ प्रतिशत तथा गणितबाट १० प्रतिशत गरेर १ सय पूणर्ाङ्कको प्रश्न सोधिन्छ। सरकारी कलेजमा कात्तिकमा भर्ना लिइन्छ। उच्च सुविधायुक्त प्रयो गशाला, अत्याधुनिक अस्पताल तथा दक्ष शिक्षक शिक्षिका हुने भएकाले यी संस्था स्टाफ नर्स अध्ययनका निम्ति पहिलो प्राथमिकतामा पर्छन्। यी सबै सरकारी अस्पतालसँग आबद्ध सरकारी नर्सिङ कलेजले प्राइभेट सिटिइभिटी) भन्दा सस्तो शुल्कमै अध्यापन गराउँछन्। स्वायत्त वीर अस्पतालको प्रवेश परीक्षाका लागि विज्ञानबाट २०, अंग्रेजीबाट २०, स्वास्थ्यबाट २० तथा गणितबाट २० अंकको प्रश्न सोधिन्छ। बीपी को इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआइएच), धरानले पनि स्टाफ नर्स पाठ्यक्रममा ४० जनालाई भर्ना लिन्छ। बीपीकेआइएचमा खुल्ला प्रतिस्पर्धाबाट १६ सिट, दुर्गम पहाडी जिल्लाबाट १६ सिट, विदेशी विद्यार्थी ५ सिट, दलितबाट २ सिट तथा कर्मचारीकोटामा १ सिट निर्धारण गरिएको छ। बीपीकेआइएचको प्रवेश परीक्षामा जनरल साइन्सबाट ३५, अंग्रेजीबाट २०, हेल्थ एन्ड जनरल नलेजबाट २५ तथा गणितबाट २० प्रतिशत गरी १ सय पूर्णाकंको प्रश्न सोधिन्छ। बीपीकेआईएचको प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत ल्याएको हुनुपर्छ।
यस्तै काठमाडौं विश्वविद्यालयअन्तर्गत स्टाफ नर्समा ४० जनालाई प्रवेश परीक्षाको माध्यमबाटै भर्ना लिइन्छ। काठमाडौं विश्वविद्यालय (केयु) ले आफ्ना उच्च भौतिक संरचनाका अस्पतालमा अध्यापन गराउने भएकाले यसको अध्यापन शैलीमा खोट लगाउने ठाउँ छैन्। तथापी विश्वविद्यालयले ४० सिटमध्ये ३० प्रतिशत सिट संस्थागत स्पोन्सरका रूपमा आरक्षण गरेको छ। एसएलसीमा ४५ प्रतिशत ल्याएर उत्तीर्ण वा सोसरह उत्तीर्ण हुनेले केयुको प्रवेश परीक्षा दिन पाउँछन्, जसका लागि उनीहरूले विज्ञानमा ४० प्रतिशत, अंग्रेजीमा २० प्रतिशत, हेल्थमा २० प्रतिशत र गणितमा २० प्रतिशतको परीक्षा दिनुपर्छ। केयुमा जेठको अन्तिम साता भित्र आवेदन दिइसक्नुपर्छ भने असारको तेस्रो साता प्रवेश परीक्षा हुन्छ। केयुले प्रवेश परीक्षा उत्तीर्ण भएकाहरूमध्येबाट फेरि अन्तर्वार्ता लिएर मात्र अन्तिम रूपमा स्टाफ नर्सको बाटो खोलिदिन्छ।
वीर हस्पिटलले पनि स्वायत्त रूपमै पीसीएल नर्सिङ कार्यक्रम चलाएको छ। ४० सिटमध्ये १० प्रतिशत दुर्गम जिल्लालाई कोटा छुटयाइएको छ। असारको दोस्रो साता आवेदन खुल्ने वीर अस्पतालमा साउनको पहिलो साता प्रवेश परीक्षा लिइन्छ। यसैगरी सिटिइभिटीअन्तर्गतका कलेजहरू मा स्टाफ नर्स अध्ययनका लागि प्रवेश परीक्षा दिन एसएलसीमा ४५ प्रतिशत ल्याएको हुनुपर्छ। सिटिइभिटीअन्तर्गतका कलेजका लागि भदौमा प्रवेश परीक्षा लिइन्छ। सिटिइभिटीको प्रवेश परीक्षामा गणित ३५, साइन्स ३५, अंग्रेजी ३० अंक गरेर १ सय पूणर्ाङ्क हुन्छ। सिटिइभिटीमा असारको तेस्रो साता आवेदन लिइन्छ भने साउनको दोस्रो साता परीक्षा हुन्छ। सिटिइभिटीबाट हालसम्म सम्बधनप्राप्त कलेजको संख्या ८९ छ। यो संख्या बढ्दो क्रममा छ। त्यस्तै एसएलसी उत्तीर्णहरूले विभिन्न स्थानका लागि एकैवर्षमा ५ पटक प्रवेश परीक्षा दिनसक्छन्।
सिटिइभिटी तथा त्रिविविका पाठयक्रम एकै प्रकारका हुन्छन्, जसमा प्रथम वर्षमा आधारभूत नर्सिङ, कम्युनिटी इन्टि्रग्रेटेड साइन्स, होम भिजिटिङ, दोस्रो वर्षमा मिडवाइफरी, ए, बी, सी, नेपाल परिचय, बिहेविएर साइन्स, नर्सिङ केयर अफ चिल्ड्रेन र तेस्रो वर्षमा नर्सिङ केयर अफ एडल्ट, लिडरसिप एन्ड म्यानेजमेन्ट आदि विषय अध्ययन गर्नुपर्छ।
स्टाफ नर्स भएपछि कमसेकम तीन वर्षको अनुभवपछि मात्र नर्सिङ स्नातक (बिएन नर्सिङ) गर्न सकिन्छ तर सिटिइभिटीका कलेजहरूमा एक वर्षको अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ। नर्सिङको अध्ययनमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजमा तीन वर्ष समयावधिको बढीमा १ लाख रुपैयाँसम्म खर्च हुन्छ। सिटिइभिटीअन्तर्गतका कलेजमा ३ देखि ४ लाखसम्म खर्च हुन्छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नर्सिङ क्याम्पसहरूमा प्रतिमहिना दुई सय रुपैयाँ छात्रवृत्ति पाइन्छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क छात्रावास पाउँछन्।
नर्सिङ अध्ययनका लागि आवश्यक कुरा
सिटिइभिटीको प्रवेश परीक्षामा दुई घन्टाको समयमा १ सय ५० वटा प्रश्न हल गर्नुपर्छ। अंग्रेजी, ५०, विज्ञान ५० तथा गणित ५० अंक गरेर १ सय ५० पूर्णांकको परीक्षा दिनुपर्छ। प्रवेश परीक्षामा अंग्रेजी, विज्ञान, गणित स्वास्थ्य तथा सामान्य ज्ञानसम्बन्धी प्रश्नहरू सोधिन्छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा माघको अन्तिम साता स्टाफ नर्सका लागि प्रवेश परीक्षा लिइन्छ। काठमाडौं विश्वविद्यालय तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले असार महिनाको अन्त्यतिर प्रवेश परीक्षा लिन्छ भने सिटिइभिटीले भदौको अन्तिम सातामा परीक्षा लिने जनाएको छ।
सिटिइभिटीका हरेक कलेजमा एक जनालाई मासिक शुल्कमा पूरा छात्रवृत्ति र एक जनालाई मासिक शुल्कमा आधा छात्रवृति दिनुपर्ने प्रावधान छ। भक्तपुरको ख्वप कलेजले भने यस किसिमको छात्रवृत्ति दिने गरेको छैन। त्यहाँ सबै विद्यार्थीले तीन वर्षे कोर्स २ लाख रुपैयाँमा पूरा गर्न सक्छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजको प्रवेश परीक्षा सम्पूर्ण रूपमा दुई घन्टाको समयमा परीक्षार्थीले १ सयवटा प्रश्न हल गर्नुपर्छ। भर्नाका लागि ५० प्रतिशतभन्दा बढी अंक ल्याउनैपर्छ।
प्र्रवेश परीक्षाको विषयगत अंकभार
बोर्ड विज्ञान अंग्रेजी गणित स्वास्थ्य कुल अंक
त्रिभुवन विश्वविद्यालय ४५ २५ १० २० १००
नाम्स -वीर अस्पताल) २० २० २० २० ८०
सिटिइभिटीई ५० ५० ५० १५०
बीपी कोइराला धरान ३५ २० २० २५ १००
काठमाडौं विश्वविद्यालय ३० ३० २० २० १००
प्र्रवेश परीक्षाको विषयगत अंकभार
बोर्ड विज्ञान अंग्रेजी गणित स्वास्थ्य कुल अंक
त्रि. विश्वविद्यालय ४५ २५ १० २० १००
नाम्स -वीर अस्पताल) २० २० २० २० ८०
सिटिइभिटीई ५० ५० ५० १५०
बीपी कोइराला धरान ३५ २० २० २५ १००
का. विश्वविद्यालय ३० ३० २० २० १००
स्टाफ नर्स किन अध्ययन गर्ने ?
पहिलो कुरा यो प्राविधिक लाइन भयो, त्यसकारण स्टाफ नर्स अध्ययनपछि रोजगारीको सम्भावना धेरै छ, दोस्रो कुरा अवसरसँगै यो पेसासँग सामाजिक प्रतिष्ठा पनि जोडिएको छ। स्टाफ नर्स मानवीय संवेदनासँग जोडिएकाले यो पेशामा लाग्नेहरूप्रति समाजले सकारात्मक दृष्टिकोण राख्छ।
स्टाफ नर्स बन्न के-के गुण आवश्यक छ ?
सेवा एवं त्यागको भावना हुनुपर्छ। व्यवसायिक त छँदैछ, तर उनीहरू दयालु हुनुपर्छ, यो पेसामा आउनेहरूले उत्तरदायित्व लिएर कठोर अनुशासनमा बस्न सक्नुपर्छ। शारीरिक रूपमा पनि मजबुत हुनुपर्छ, किनभने इमरजेन्सीमा ८ देखि २० घन्टासम्म खट्नुपर्ने अवस्था हुन्छ। संवादमा कुशल एवं हँसिलो हुनुपर्छ। बिरामीसँग चाँडोभन्दा चाँडो घुलमिल हुनु सक्नुपर्छ। उनीहरूको दिमाग तेज हुनुपर्छ।
यति धेरै नर्स उत्पादन हँुदा पेसागत सुरक्षा कत्तिको छ ?
नेपालमा जति स्टाफ नर्स उत्पादनको रेसियो बढेको छ, त्यही अनुपातमा अस्पतालको संख्या पनि बढ्दै गएको छ, एउटा उदाहरण टिचिङ हस्पिटलहरूमा ३ सयभन्दा बढी स्टाफ नर्स छन्, स्टाफ नर्सहरूले मासिक १५ देखि २५ हजार रुपैयाँ कमाउन सक्छन्। उपत्यकामा अवसर पाउन गाह्रो जस्तो देखिए पनि उपत्यका बाहिर सहजै रोजगारी पाइन्छ।
विदेश जान स्टाफ नर्स बन्ने हो ?
तुलनात्मक रूपमा पहिलो जस्तो स्टाफ नर्स भएर विदेश जाने ट्रेन्ड घट्दो छ। विदेश जान स्टाफ नर्स अध्ययन गर्ने भनेर बुझाउनु गलत पनि हो। अहिले पहिलेजस्तो जान सजिलो पनि छैन, तर यसो भन्दैमा क्षमतावान विद्यार्थीले अवसर पाउँदैनन भन्नु पनि हुँदैन। स्टाफ नर्स अध्ययन पूरा गरेर एनक्लेस, सीजीएफएनएस परीक्षा दिएकाहरू विदेश जान पाउँछन्। यद्यपि रोजगारीका दृष्टिकोणले नेपालमै पर्याप्त अवसर छ।
तयारी कक्षामा के-के सिकाइन्छ ?
स्टाफ नर्स प्रवेश परीक्षाका लागि आवश्यक सबै कुरा अध्यापन गराइन्छ, प्रवेश परीक्षा प्रश्नपत्र मोडल अनुसार प्रोफेसनल शिक्षकहरूको टिमले प्रतिस्पर्धात्मक परीक्षामा विद्यार्थीलाई सफल बनाउने उद्देश्यका साथ तयारी गराउँछन्।
स्टाफ नर्स बन्न कति सजिलो छ ?
दुई तरिकाले स्टाफ नर्स अध्ययन गर्न सकिन्छ, पहिलो छात्रवृत्तिमा नाम निकाल्ने र दोस्रो प्रवेश परीक्षा उत्तीर्ण गरेर शुल्क तिरेर अध्ययन गर्ने। छात्रवृत्तिमा नाम निकाल्न जटिल छ।
फारम वितरण एवं प्रवेश परीक्षा
बोर्ड फारम वितरण प्रवेश परीक्षा
त्रिभुवन विश्वविद्यालय साउनको पहिलो साता भदौको पहिलो साता
नाम्स -वीर अस्पताल) साउनको दोस्रो साता भदौको दोस्रो साता
सिटिइभिटी असारको तेस्रो साता छात्रवृत्तिको साउनको तेस्रो साता, पूर्णशुल्कको भदौको पहिलो साता
बिपी कोइराला धरान असारको तेस्रो साता असारको चौथो साता
काठमाडौं विश्वविद्यालय असारको दोस्रो साता साउनको पहिलो साता
No comments:
Post a Comment