नेटो सुरक्षा बलले मिसरातावरिपरि बारुदी सुरुङ बिछ्याएका छन् । यो सरासर अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको आरोप पनि नेटो सुरक्षा बलले लगाएको छ ।
त्रिपोली/ लिबियाका नेता कर्नेल मुहम्मर गद्दाफीले नेटोसमक्षँ सम्झौता प्रस्ताव राखेका छन् । गद्दाफीले शुक्रबार राति टेलिभिजन सम्बोधन गर्दै आफू युद्धविराम गर्न तयार भएको बताएका छन् तर युद्धविराम सबै पक्षँमा लागू हुनुपर्ने बताएका छन् । यसअघि पनि लिबिया सरकारले तर्फबाट युद्धविराम प्रस्ताव राखिसकेको छ । यसअगाडि लिबिया सरकारले विद्रँेहीलाई हतियार छाड्न त्यसको बदलामा अपराध क्षँमाका लागि चार दिन समय दिने अल्टिमेटम दिएको थियो । यसको बाबजुद विद्रँेहीले युद्ध जारी राखेमा घमासान युद्ध हुने चेतावनी सरकारले दिएको थियो ।
यसैगरी मिसराता पस्ने जलपोत वा अन्य सामुदि्रकमार्गबाट सहर पस्ने अनुमति नदिइने गद्दाफी सरकारले यसअघि नै भनिसकेको छ । अब मिसराता सहरमा राहत सामग्री ल्याउन वा पठाउन चाहने उद्धारकर्मीले जमिनको बाटो प्रयोग गर्नुपर्नेछ ।
जलपोतमार्फत विद्रोहीलाई हातहतियार मिलिरहेको आरोप लिबिया सरकारको विदेशमन्त्री इब्राहिम मुसाले बताएका छन् । मुसाले भने ुहामी कुनै पनि हालतमा जलमार्गमार्फत मिसरातामा हतियार िभœयाउन दिँदैनौँ । बन्दरगाहबाट मिसराता भित्रिने सबै कोसिसविरुद्ध कारबाही गरिनेछ । सहरभित्र छिर्ने कारण जे भए पनि उनीहरुविरुद्ध आक्रमण हुनेछ ।
नेटो सुरक्षा बलले मिसरातावरिपरि बारुदी सु्ररुङ बिछ्याएका छन् । यो सरासर अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको आरोप पनि नेटो सुरक्षा बलले लगाएको छ । बारुदी सुरुङ बिछ्याएका बारेमा आफूलाई कुनै जानकारी नभएको मुसाले बताएका छन् ।
तेलको धनी मिसराता सहर अहिले विद्रोहीको कब्जामा रहेको छ । पछिल्लो केही सातादेखि सरकारी सेना सो सहरलाई पुनः नियन्त्रण गर्ने कोसिसमा रहेको छ । शुक्रबार पनि सेनाले सहर पस्ने कोसिस गरेको थियो ।
साभार : नया पत्रिका

No comments:
Post a Comment