इजरायली संसदबाट पारित गरिएको गुलामी कानून व्यवहारमा ल्याउन केही समय लाग्ने

एन आइ न्यूज इजरायल


इजरायल सरकारद्वारा विदेशी केयरगिभर कामदारहरुलाई वन्धनमा राख्न १६ मई २०११ सोमबारकादिन इजरायली संसद भवनमा दोश्रो र तेश्रो चरणको प्रक्रिया अन्तरगत गरिएको संसदहरु बिचको निर्वाचन प्रक्रियाबाट वहुमतले पारित गुलामी कानून संसदबाट पारित गरिएतापनि त्यसलाई व्यवहारिक रुपमा लागु गर्न केही समय लाग्ने देखिएको छ । कामदारहरुको हक हितका निम्ति लागि परेका इजरायलमा रहेका संघ संस्थाहरु, मानव अधाकारवादी संस्था ह्युमन राईट लगायत विभिन्न संघ संस्थाहरुको तिब्र विरोधका वावजुध इजरायली संसदका १२० जना संसदहरुमध्ये सदनमा उपस्थीत ३२ जना संसदहरुबिच गरिएको अन्तिम चरणको निर्वाचनमा पक्षमा २६ भोट र विपक्षमा ६ भोट परी वहुमत जुटाएर उक्त कानून पारित गरिएको थियो । उक्त कानून पारित गरिए पछि हामीले इजरायलमा कार्यरत केयरगिभर कामदारहरुको हक हितको निम्ती लागि परेको केयरगिभर युनियन कुआख ला ओभदिमका केन्द्रिय प्रतिनिधी रमेश शर्मासंग तपाँइहरुको नेतृत्वमा चरण चरणमा गरिएका विरोध प्रदर्शनहरुको वावजुध पनि उक्त गुलामी कानून पारित भयो नि भनेर प्रश्न गरेका थियौं । प्रतिउत्तरमा उहाँले इजरायलमा कार्यरत विभिन्न मुलुकहरुबाट आएका केयरगिभर कामदारहरुप्रति औला उठाउँदै कामदारहरु आफूलाई परेको समस्या र आगामी दिनहरुमा पर्ने समस्याहरुमाथि गम्भिर भएऱ एक जुट नहुँदा सो विरोध प्रदर्शनले संसदमा जति प्रभाव पर्ऩु पर्ऩे थियो त्यति प्रभाव पार्न नसकिएको स्वीकार गर्दै भन्नु भयो - "हामीले आफूहरुले गरेको प्रयासमाथि ठूलो गर्व छ र विदेशी भुमिमा आएर सोही देशको राजनितीमा हस्तक्षेप गर्दै कामदारको पक्षमा २० प्रतिशत भोट जुटाउन सफल हुन सक्नु पनि ठूलो कुरा हो भन्दै आगाडि भन्नुभयो - "यदि इजरायलमा रहेका सबै विदेशी कामदारबिच एकता भइदिए अझै परिवर्तन गर्न सकिन्छ ।"

पारित गरिएको उक्त कानून इजरायली संसदबाट पारित गरिए तापनि आन्तरिक मन्त्रालय (मिस्रा हपनियम) द्वारा शो नियम लेखिनसक्दा हालसम्म वहाल गरिइसकेको छैन । (कानुन बनाइए पनि सोही कानूनलाऊ आधार वनाएर नियम नलेख्दासम्म सो कानून लागु हुँदैन)

पारित गरिएका कानून अन्तरगत निम्न ३ कुराहरु पर्दछन् ।

१. भौगोलिक वन्धन : भौगोलिक वन्धन भन्नाले कामदार इजरायल प्रवेश गर्दा जुनक्षेत्र(ठाउँ)को भिषा लगाएर आएको हो त्यो ठाउँको काम छोडेर अन्य ठाउँमा काम खोजेरजान नपाउने ( जस्तै इजरायल आउदा जेरुशलेम क्षेत्रमा भिषा लगाएर आएको हो भने त्योक्षेत्र छोडेर अन्य क्षेत्र तेलअभिव, हाइफा वाअन्य कुनैपनि ठाउँमा काम खोजेर जान नपाउने)

२. सिमित मात्रामा काम फेर्न पाउने : कामदारले इजरायल प्रवेश गरेदेखि आफ्नो सम्झौता पत्रमालेखिए बमोजिमको आफ्नो रोजगोरीको अन्तरालमा निश्चित मात्रमा मात्र काम परिवर्तन गर्न पाउने र यदि तोकिए भन्दा वढि काम परिवर्तन गरेमा सो कामदारले आफ्नो देश फिर्ता जानुपर्नेछ ।

३. कामको प्रकार : कामदारले वर्तमान अवस्थामा गरिरहेको कामलाई नै आधार मानीभविष्यमा पनि त्यही प्रकारको काम गर्न पाउनेछ । उदाहरणकोलागि यदि तपाँइले अल्साइमरविरामीसँग काम गरिरहनुभएको छ भने अवदेखि तपाँइले अल्साइमर विरामी मात्र हेर्न पाउनुहुनेछ । तपाँइलेत्यो काम गाह्रो भयो भनेर परिवर्तन गरी अर्को प्रकारको विरामीको काम खोजेर गर्नपाउनुहुने छैन ।

माथि उल्लेखित कानूनहरुलाई व्यवहारमा लागु गर्न इजरायल सरकार आन्तरिक मन्त्रालयले के कसरी कस्तो अवस्थामा कति हदसम्म गर्न सकिन्छ भन्ने कुरा निक्यौल गरेर नियम लेखिसकेपछि मात्र सो कानून व्यवहारिक रुपमा लागु हुने कुआख ला ओभदिमका केन्द्रिय प्रतिनिधी रमेश शर्माले जानकारी दिनुभयो ।

यसै सम्वन्धी विस्तृत जानकारी लिनु परेमा इजरायलमा रहेकाकेयरगिभर कामदारहरुको हक हितको नाम्ती लागि परेको केयरगिभर युनियन कुआख ला ओभदिमकाकेन्द्रिय प्रतिनिधी रमेश शर्मा 054-5680834 र कोआखला ओभदिमका समन्वयक नोगा सेफेर 054-7387277 सँग सम्पकगर्नुहोला ।

No comments: