फ्ल्यासब्याकमा प्रस्तुत फिल्ममा देव (सुमन सिंह) र माया (सोनिया केसी) मिल्ने बालसखा हुन् । तर गाउँकै एक हरामीले देवका बाबुआमालाई मारिदिन्छ । आफ्नो आँखैअगाडि टुहुरिएको देखेको देवले तत्काल त्यही हतियारले दुश्मनलाई चटाचट काटेर मारिदिन्छ । हत्या अभियोगबाट बच्न भौतारिने क्रममा एक उद्योगीलाई लुटेराबाट बचाएपछि उसैको शरणमा हुर्कन्न मात्र, सम्पत्तिको हकदार समेत बन्छ ।
वासुदेव पोखरेलको निर्देशनमा रिमेश अधिकारीको प्रस्तुति रहेको फिल्म 'म बिर्सूं कसरी' सनातन कथालाई नै जोडजाड गरी केही एक्सन थपेर मसलेदार बनाउन खोजिएको छ । तर फिल्म शीर्षकले भने जस्तै सम्भिmरहने भने बन्न सकेको छैन । प्रेमको पटकथामा एक्सन हाबी छ । अतिरञ्जित द्वन्द्वले फिल्मलाई कोलाहलपूर्ण बनाएको छ । मान्छे काटिनु र मुला काटिनुमा खासै भेद छैन । प्रहरी पात्रको उपस्थिति त छ तर कतै हस्तक्षेपकारी देखिँदैन । प्रहरीको काम बर्दी लगाउनुमात्रै होइन । उसो त लामो कपालमा देखिने इन्स्पेक्टर रघु (आयुष रिजाल) लाई बर्दी लगाउने झमेला पनि दिलाएका छैनन्, निर्देशकले । रघुका दुई सहयोगी गोपी र कृष्णलाई पनि कार्यक्षेत्रमा खटिँदाका सबै दृश्यमा बर्दीमा नदेखाइनुले फिल्म पात्रप्रति गम्भीर देखिएको छैन ।
एक्सन प्रधान बनाउन खोजिएको फिल्ममा द्वन्द्व निर्देशकद्वय राम/जनकले नयाँपन ल्याउन केही प्रयास गरेको देखिन्छ । चर्को र अस्वाभाविक पाश्र्व संगीतले कोलाहलपूर्ण द्वन्द्व लागे पनि यसमा केही विस्तृत काम भएको छ । हतियारको मनपरी र कहालीलाग्दो प्रयोगलाई छोडिदिने हो भने द्वन्द्वको धुलोसँग गजबको सम्बन्ध गाँसिदिएका छन्, राम/जनकले । शरीरबाट फुङ्ग उड्ने धुलोले पात्रलाई कठोर र बलवान बनाउन सघाएको छ । तर एक खलपात्रले छातीमा रोपेर निकालेको तरबारको रगत जिब्रोले चाटेको दृश्य भने क्षम्य छैन । विनोद खम्बु र प्रल्हादभक्तको संगीतले सम्भिmनैपर्ने काम छोडेका छैनन् । बरु बब्बु थापाले भने कोरियोग्राफीमा केही प्रयास गरेका छन् । उनले एउटा गीतमा दुई नायिकालाई राम्रै संयोजन गरी नचाउन सकेका छन् ।
फिल्मको मुख्य अंग पटकथा नै ठीक ढंगले चलेको छैन । कतिपय दृश्यको पुष्ट्याइँ गर्ने झन्झट मोलिएको छैन, त्यसलाई दर्शकले नै अनुमान लगाउनु पर्नेछ । आफ्नै बालसखालाई त एकआपसमा चिन्न नसकेका माया र देवलाई त्यही उमेरको खलपात्रको छोराले पछि कसरी ट्वाक्कै चिन्यो ? माया र सञ्जनासँगै बस्छन् तर उनीहरु के गर्छन् र केले उनीहरूलाई सँगै बनायो ? बहिनीलाई खलपात्र राज (मुकेश आचार्य) ले बिहे गरेको देवलाई कसरी थाहा भएन ? एउटा पात्र गोली लागेर मर्न मर्छ तर पछि कसरी बाँचेर खुट्टा खोच्याउँदै आउँछ ? यसलाई मिलाएर बुझिदिँदा मात्रै दर्शकले पूरा फिल्म हेर्न
सक्छन् । फिल्ममा फ्ल्यासब्याक प्रस्तुति राख्नुको औचित्य देखिँदैन ।
साभार - इ. कान्तिपुर
No comments:
Post a Comment