सन्तोष दाहाल/ बहराइन
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराइनको तेस्रो राष्ट्रिय महाधिवेशन २३ सेप्टेम्वरका दिन नेपाली क्बल, बहराइनको सभा हलमा सम्पन्न भयो । यस संघका निवर्तमान अध्यक्ष श्याम तामाङ्गको सभापतित्वमा सम्पन्न उक्त महाधिवेशनको प्रमुख अतिथि नेपाली क्बल, बहराइनका अध्यक्ष दुर्गा बहादुर गिरी हुनु हुन्थ्यो । भने अतिथिहरुमा बहराइनमा रहेका संघ संस्थाका प्रतिनिधिहरु हुनुहुन्थ्यो । उक्त कार्यक्रम निवर्तमान महासचिव सन्तोष दाहालले सञ्चालन गर्नु भएको थियो । भने स्वागत मनतव्य यसै संघका निवर्तमान उपाध्यक्ष छवीलाल बिकले गर्नु भएको थियो । महासचिव सन्तोष दाहालले २ वर्षो कार्य विवरण पेश गर्नु भएको थियो । कोषाध्यक्ष पुरुशोतम चौलागाईले आर्थिक आय व्याय पेश गर्नु भएको थियो । साथै जनकल्याणकारी कोषका संयोजक काजी बहादुर थापा मगरले यस कोषको आयव्याय पेश गर्नु भएको थियो । निवर्तमान अध्यक्ष श्याम तामाङ्गले पुरानो समिति बिघटन गर्नु भएको थियो । साथै निवर्तमान अध्यक्षले एनआरएनको बारेमा र नेपालमा तथा बिदेशमा एनआरएनले के कस्ता कामहरु गरीरहेका छन् भन्ने कुराको बारे सहभागी सबैलाई जानकारी दिनु भएको थियो । यस नयाँ कार्यसमिति र्सवसहमतीले चयन भएको हुँदा निर्वाचन समितिका सदस्य जयन्द्र घिसीङ्गले नयाँ कार्य समिति घोषण गर्नु भयो । नयाँ कार्य समितिलाई अध्यक्ष श्याम तामाङ्गले सपथ गराउनु भएको थियो । कार्यक्रम समापन गर्ने क्रममा यस कार्यक्रमका सभापती श्याम तामाङ्गले बहराइनमा कार्यरत सबै नेपालीहरुलाई यस संघमा आवद्धहुन आग्रह गर्दै र आगामी कार्यकालको कार्य योजना प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गर्नु भएको थियो ।
नयाँ कार्य समिति=>
१। अध्यक्ष :- श्री श्याम तामाङ्ग
२। उपाध्यक्ष :- श्री छवीलाल बिक
३। उपाध्यक्ष :- श्री सन्तोष दाहाल
४। महासचिव :- श्री झम्क प्रसाद साप्कोटा
५। सचिव :- श्री चन्द्र कुमार क्षेत्री
६। कोषाध्यक्ष :- श्री पुरुशोतम चौलागाई
७। सह(कोषाध्यक्ष) :- श्री जयन्द्र घिसीङ्ग
८। सदस्य :- श्री प्रताप श्रेष्ठ
९। सदस्य :- श्री काजी बहादुर थापा मगर
१०। सदस्य :- श्री कमल श्रेष्ठ
११। सदस्य :- श्री पुरण क्षेत्री
१२। सदस्य :- श्री शंकर बस्नेत
१३। सदस्य :- श्री असीम मोक्तान
१४। सदस्य :- श्री लाल प्रसाद पुन
१५। सदस्य :- श्री लाल बहादुर कटवाल
१६। सदस्य :- श्री तीर्थ बहादुर चन्द
१७। सदस्य :- श्री टेक बहादुर महत (असीम)
१८। सदस्य :- श्री ध्रुर्ब कार्की
१९। सदस्य :- श्रीमती सरीता चेम्जुङ्ग
२०। युवा प्रतिनिधि :- श्री चन्द्र मणी सुबेदी
२१। महिला प्रतितिधि :- श्रीमती लीला देवी राना (सापकोटा)
२२। आईसीसी सदस्य :- श्री दुर्गा बहादुर गिरी
सल्लाहकारहरु =>
प्रमुख सल्लाहकार :- श्री पुरण राई
सल्लाहकार :- श्री गोरख रामजाली
सल्लाहकार :- श्री श्याम राई
सल्लाहकार :- श्री टंक बस्नेत

No comments:
Post a Comment