संन्ध्या ग्रुप द्धारा साहित्याकार दिलीप अविरललाई सम्मान ।

भोला थापा क्षेत्री/अल्खोर (कतार)
            संन्ध्या ग्रुप कतारले हालै मात्र भएको (अनेसास) कतारका नवनिर्वाचित सह-सचिव साहित्यकार दिलीप अविरल लाई सन्ध्या ग्रुप कतारले एक कार्यक्रमका विच बधाई तथा सम्मान कार्यक्रम गरेको छ । प्रवासमा प्रवासीको बास्ताविक यर्थाथहरुलाई उजागर गर्ने हेतुले सन् २००२ मा सन्ध्या गु्रपको स्थापना भएको थियो ।
डिस्कोन इन्जिनरिङ कम्पनी का कअबाायमिष्लन इन्र्चाज देबेन्द्र बहादुर राउतको प्रमुख आतिथ्य तथा संन्ध्या ग्रुप कतारका अध्यक्ष थर्च लामाको सभापतित्वमा भएको कार्यक्रममा गत २१ अक्टुबरमा सन्ध्या गु्रपले अविरललाई आफ्नै कार्यकक्षमा बधाई तथा सम्मान गरेको थियो ।

कार्यक्रमसंचालक संस्थाका सचिव राजेन्द्र खनालले संचालन गर्नुभएको कार्यक्रममा सोही कम्पनीका सुपरभाइजर काजीराम राउतले विशेष अतिथिको भुमिका निभाउनु भएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार विरेन्द्र कु याक्थुक्वा, प्रथम उपअध्यक्ष हरि चन्द्र श्रेष्ठ, द्धतिया उपअध्यक्ष चिन्ता मणि बिक , महा सचिव चन्द्र कु थापा, नित्य निदेर्शक उमेश बस्नेत , मु सौ ब्यावस्थापक भोला थापा क्षेत्री लगायतकाकोे उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले शुभकामना आदान प्रदानको साथै आ–आफ्नो तर्फबाट मन्तव्य समेत राखेका थिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति थर्च लाम लगायतकाले साहित्यकार अविरललाई खादाओढाई सम्मान गरेका थिए ।

साहित्यकार अविरल मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाका विषेश प्रतिनीधी पनि हुन । विगत २००८ देखि उहा कतारमा रहदै आउनु भएको छ । यस संस्थाले आफुप्रति गरेको सम्मान ले आगामी दिनमा साहित्यलाई अझ निरन्तरता दिने र आफूमा हौसला समेत बढेको उहाँले जानकारी दिनु भयो ।
कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको थियो । नवनिर्वाचित अनेसास कतार का सम्पुर्ण साहित्या अनुरागीलाई कार्यक्रमका प्रमुख अतिथि साथै अध्याक्ष लामाले शुभकामना सहित कार्यकाल भविष्यको कामना सम्मेत गर्नु भएको थियो 

No comments: