भारतमा १२ करोड बढी इन्टरनेट प्रयोगकर्ता - IAMAI


   नयाँदिल्ली/इन्टरनेट एन्ड मोबाइल एसोसिएसन अफ इन्डिया -IAMAI)ले हालै गरेको एक सर्भेक्षण अनुसार व्यक्तिगत रूपमा कम्प्युटरको प्रयोग गर्नेको सङ्ख्यामा आएको बढोत्तरी र उच्च प्रविधिको मोबाइलको बिक्रीसमेत बढेको बताइएको छ ।
भारतको आर्थिक वृद्धिदर र जनताको आयमा भएको बढोत्तरीका कारण सूचना र प्रविधिको प्रयोगकर्ता बढेको कारण इन्टरनेट प्रयोगकर्ता सन् २०११ को अन्त्यसम्ममा १२ करोड १० लाखको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।
सन् २०११ को सेप्टेम्बरसम्ममा करिब दस करोडको हाराहारीमा मात्र इन्टरनेट प्रयोगकर्ता रहेकोमा छोटो अवधिमा नै त्यसको प्रयोगकर्ता करिब दुई करोड दस लाखले हृवात्तै बढेको पाइएको छ ।
भारतमा कम्प्युटर र महँगा इन्टरनेट प्रयोग गर्न मिल्ने सुविधा भएको मोबाइलको बिक्री सेप्टेम्बरदेखि डिसेम्बरको अवधिमा बढी बिक्री हुने त्यसमा पनि हिन्दुहरूको महान् चाड, नवरात्रि, दीपावली र धनतेरजजस्ता पर्वमा व्यक्तिगत कम्प्युटर र मोबाइलको बिक्री निकै हुने कारणले पनि इन्टरनेट प्रयोगकर्ता बढेको देखिएको छ ।
बाह्र करोड दस लाख इन्टरनेट प्रयोगकर्तामध्ये करिब नौ करोड ७० लाख इन्टरनेट प्रयोगकर्ताले कम्प्युटरको प्रयोग गर्ने गरेको र उनीहरू महिनामा कम्तीमा एकपटक इन्टरनेटको प्रयोग गरेको पाइएको छ भने मोबाइलमार्फत इन्टरनेटको प्रयोग गर्नेको सङ्ख्या पनि बढोत्तरी भएको बताइएको छ ।
भारतको आर्थिक वृद्धिदर राम्रो भएको र सूचना र प्रविधिको क्षेत्रमा भएको प्रगतिका कारण इन्टरनेटको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको र केही वर्षमा विश्वकै सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको देशमा परिणत हुने अनुमान गरिएको छ ।साभार:अनलाइन खबर

No comments: