पाल्पा/कात्तिक १९ - प्रेस युनियन पाल्पाका उपसभापति एवं त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका प्राध्यापक लक्ष्मण घिमिरेको शुक्रबार राति भीरबाट खसेर मृत्यु भएको छ। ३५ बर्षीय घिमिरेको शव शनिबार बिहान पाल्पा नायरनम्तलेस स्थित घर नजिकैको भीरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
अघिल्लो रात खसेका उनको शव शनिबार बिहान स्थानीयले भीरमा अड्केको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए।
पत्रकार महासंघ पाल्पाका पूर्व कार्यसमिति सदस्य समेत रहेका घिमिरेका एक छोरी र श्रीमती छन्। उनी घर नजिकै आर्यभञ्ज्याङ बजारबाट फर्केर घर आउँदै गर्दा रातको समयमा सडकबाट खसेका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले बताए। करिब ५० मिटर तल खसेका घिमिरेको अघिल्लो रात नै परिवारले खोजी गरेको भएपनि भेटेका थिएनन्। उनलाई राति केहिबेर खोजी गरेको तर नभेटिएपछि साथीको घरमा गएको हुनसक्ने भन्दै परिवारले घर फर्कने आशमा कुरेर बसेका थिए।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेनमा ल्याइएको छ। पत्रकार महासंघले शनिबार दिउसो उनको शरीरमा संस्थाको झण्डा ओढाएर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको महासंघका उपाध्यक्ष राजेशकुमार अर्यालले बताए। घिमिरे स्थानीय पाल्पा टाइम्स साप्ताहिकमा कार्यरत थिए भने क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक थिए।/टेकनारायण भट्टराई,:-नागरिक न्यूज

No comments:
Post a Comment