सुन्दा पनि अचम्म लाग्नसक्छ । एउटा साइकलको मुल्य मर्सिडिज कारको भन्दा पनि बढि छ । त्यतिमात्र होइन यतिधेरै पर्ने साइकल नचल्ने हालतमा छ ।
मोटरसाइकलमा जस्तै ह्यान्डलगि्रप घुमाएर गतिलाई बढाउन र घटाउन सकिने यो साइकलको अधिकतम गति ४० माइल प्रतिघण्टा थियो । यो अनौठो साइकललाई आउादो हप्ता लस भेगासमा लिलामी गरिँदैछ र आयोजकहरुले यसको मुल्य ४ करोड भन्दा बढि पर्ने बताएका छन् ।
अझ रोचक कुरा त के भने यस्तो अनौठो साइकल बनाउने रोपरलाई प्रहरीले यस्तो साइकल चलाएको भन्दै पक्राउ गरेको थियो । तर अन्तिममा उनीमाथि लगाउने आरोप तय गर्न नसकेपछि उनलाई छाडिएको थियो । रोपरको सन् १८९६ मा यहीँ साइकल दुर्घटनामा ज्यान गएको थियो । उनी हृदयाघात भएर साइकलबाट लडेको बताइन्छ ।स्रोत;अनलाइन खबर
No comments:
Post a Comment