ल्यान्डलक्ड हिरोइनको कतारी मस्ती "समुद्रीतटमा नन्दिता"

nandita_kc_in1_400   ल्यान्डलक्ड देशका सेलिव्रिटी अक्सर समुन्द्री तट देख्यो कि आफूलाई खिचाउन मरिहत्ते गर्छन् । पछिल्लो समय चलचित्रबाट फुर्सदिली अभिनेत्री नन्दिता केसी अहिले कतारी बन्दरगाह र मरुभूमिमा रोमान्स गरिरहेकी छिन् ।हिमालै हिमालको देशमा जन्मिएका हाम्रा सेलिब्रटीहरुलाई समुदि्रकिनार देख्नासाथ मुड रोमाञ्चक बनिहाल्छ । अझ महिला सेलिब्रटीको रोमाञ्चकता अलिक बढि नै हुन्छ । यस्तै रोमाञ्चक भएकी छिन नायिका नन्दिता केसी । हाल कार्यक्रमका लागि कतारमा रहेकी नन्दिताले कार्यक्रम सकिएपछि समुद्रीकिनारमा मस्ती गरिरहेकी छन् । मोडल बिष्णु कार्कीसग समुद्री तटमा उनले गरेको रोमान्सलाई अब अनस्त्रिन देखाइने भएको छ ।
अर्थात नन्दिता र बिष्णु कार्कीले यतिखेर एक म्युजिक भिडियोका लागि अनस्क्रिन रोमान्स गरिरहेका छन् । शंकर बिसीको निर्देशनमा मेरो आयु तिम्रोभन्दा छोटो होस बोलको गीतमा नन्दिताले शुक्रबार समुद्रीकिनारमा मस्ती गरिन् । एक सांस्कृतिक कार्यक्रमको सिलसिलामा दोहा हानिएकी नन्दिताले त्यहाँ रहँदा एक म्युजिक भिडियोमा पनि मोडलिङ गरिन् ।  अहिलेलाई हेरौं नन्दिताको मस्ती तस्वीरमा:-










फोटो: मेरो सिनेमा+अनलाइन पत्रिका 

No comments: