२० कात्तिक । तीन वर्षीया कुँवारी पुनले काम गर्न साउदी अरब गएका पतिलाई फोन गरेर ‘म स्कुल पढ्न जान थालेँ’ भन्दा अचम र खुसीले उनी एकछिन त केही बेाल्नै सकेनन् ।
केही बेरमा हाँसेर भने, ‘जाऊ राम्ररी पढ्नु, छोराछोरी नि पढाउनु ।’ कुँवारीमात्रै होइन, उनीजस्ता बिहावारी भएर गृहस्थी चलाइरहेका दाङका धेरै महिला अहिले स्कुल गएर कखरा र एबीसीडी सिक्न थालेका छन् । धेरै जसोका पति काम गर्न विदेश गएका छन् । श्रीमान विदेशमा छन्, यहाँ म पढ्दै छु’, लालमटिाया-४ की सरिता जिसीले भनिन्, छोराछेारी पनि स्कुल जान्छन् ।’ उनका पति साउदी अरब गएको एक वर्ष भएको छ । विदेशबाट श्रीमानले पठाएको उसएमएस पढ्न नजानेर हैरान भएकी सरिता हिजोआज आफैं एसएमएस लेखेर पठाउन सक्नेसमेत भएकी छन् । ‘पहिलो छोराछोरीलाई एसएमएस पढ्न दिन्थें, ‘श्रीमान श्रीमतीको कुरा लाज लाग्ने पनि हुने, छोराछोरी नै लाज मान्थे’ , उनले हाँस्दै भनिनघरमा चुलोचौकोका काम सकेर उनीहरु १२ बजे विद्यालय पुग्छन् र छोरानाति र्फकनुभन्दा अघि नै ३ बजे घरधन्दामा फर्किसक्छन् । आजको नागरिक दैनिकमा छापिको समाचारमा लेखिएको छ, दाङको लालमटिया-४ भालुवाङमा केृही महिनाअघि सञ्चालनमा आएको गृहणी प्राथमिक महिला विद्यालयमा उमेर ढल्किएका थुप्रै महिला कखरा सिक्दै छन् ।
No comments:
Post a Comment