पुरुष साथीहरु यदि तपाइँकी प्रेमिकाले अकस्मात कुनैदिन तौल घटाउन व्यायाम वा डाइटिङ गर्न थालिन् भने सावधान हुनुहोला । प्रेम सम्बन्ध गाँसिएको लामो समय भैसकेको छ र यसअघि आफ्नो मोटोपनका बारेमा कुनैपनि चिन्ता नजनाउने प्रेमिकाले एक्कासी डाइटिङ गर्न सुरु गरिन् भने तपाइँले थाहा पाउनैपर्ने हुन्छ की त्यहाँ केही गडबडी हुन गैरहेको छ ।
एक अध्ययनले प्रेमसम्बन्धमा रहेकी वा विवाहित कुनैपनि युवतीले एक्कासी आफ्नो तौल घटाउने उपाय गर्नु गोप्य रुपले सम्बन्धलाई तोड्ने योजनाको संकेत भएको दाबी गरेको छ । अध्ययन अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेको वा विवाहित जोडीलाई आफ्नो मोटोपनको बारेमा उतिसारो चिन्ता हुँदैन, तर जब पूरानो सम्बन्धलाई तोडेर कुनै नयाँ व्यक्तिसँग सम्बन्ध गाँस्ने विचार पलाउाछ तब व्यक्ति आफ्नो जिउडालप्रति बढि सचेत हुन्छ । नयाँ सम्बन्ध गाँस्दा मानिस बढिभन्दा बढि स्लिम र आकर्षक हुन चाहने अध्ययनको ठहर छ ।
जर्मनीको हेडेलबर्ग विश्वविद्यालयका सामाजिक मनोविज्ञहरुले गरेको अध्ययन अनुसार प्रेमिका वा श्रीमती अकस्मात जिमखाना धाउन थाल्नु, खेलकुदमा सहभागि हुन थाल्नु वा खानामा बढि गनगन गर्नु सम्बन्धमा खतराका संकेत हुन् ।
यसअघि अमेरिकामा गरिएको एक अध्ययनले सुखद वैवाहिक सम्बन्धमा रहेका जोडिहरु मोटाउादै जाने निष्कर्ष निकालेको थियो । अमेरिकी रिपोर्टले भनेको थियो जबजब विवाहदर्ताको कागजमा गरिएको हस्ताक्षरको मसी सुक्दै नमेटिने हुँदै जान्छ तब मानिसको भोजनमा नियन्त्रण गुम्दै जान्छ र ऊ मोटाउँदै जान्छ । तर पछिल्लो अनुसन्धानले सम्बन्धमा खटपट आउनेवित्तिकै मानिसको सरीरमा बोसोको मात्रा घट्ने देखाएको छ । यसो हुनुमा चिन्ताको मात्र हात छैन व्यक्तिको पार्टनर खोज्ने तयारीको पनि उपज हो ।साभार:अनलाइन खबर
No comments:
Post a Comment