राजेश हमालविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं २० कात्तिक,

rajesh_hamal_home_400_03महानायक राजेश हमालविरुद्ध उजुरी परेको छ । एक महिलाले उनीसँग विहे भैसकेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी हनुमानढोकामा उजुरी दिएकी हुन् । हमालका सहयोगी चिरन्जिबी आचार्यले पनि यस कुरालाई पुष्टि गरेका छन् । उनका अनुसार चितवनकी बालकुमारी अधिकारीले अभिनेता हमाल आफ्ना लोग्ने भएको दाबी गरेकी छिन् ।

प्रहरीले हमालविरुद्ध परेको उजुरी दर्ता गरेको छ । यसबारे हमालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । अविवाहित हमालले दुईवर्षपछि विहे परिस्थिती र प्रेमिका मधु केसी (भट्टराई)सँग अफेयर चलिरहेको बेला यस्तो खबर बाहिर आएको हो । स्रोत:मेरो सिनेमा/नेपाल 

No comments: