चारको अबस्था गम्भीर, १२ जना घाइते
दूर्घटनामा परी मृत्यू हुनेहरुमा सिन्धुपाल्चोक स्थायी वसोवास भएकी नेपाली राहदानी नं. ०५५५६१२८ वाहक डिलकुमारी श्रेष्ठ, झापा स्थायी वसोवास भएकी नेपाली राहदानी नं. ०५४७२२७१ वाहक कमला देवी गुरागाईं र गुम्दा स्थायी वसोवास भएकी नेपाली राहदानी नं. २५८१९३५ वाहक दिलमाया गुरुङ्ग रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासकी दृतिय सचिव चमेली पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका फालावाङ्ग २, सल्यान घर भएका मन बहादुर वलिको सुनगाईवुलो अस्पतालमा र चुलाचुली ३ इलाम घर भएकी जीना राई, गोरखाकी लालमाया गुरुङ्ग र मंगलटार काभ्रेका बाबु तामाङ्गको क्लाङ्ग स्थित अस्पतालमा उपचार भै रहेको र सवैको स्वास्थ्यस्थिति सुधारउन्मुख रहेको जानकारी निजको उपचारमा संलग्न चिकित्सकहरुले दिएका छन् । अन्य १२ जना नेपाली कामदारहरुको सामान्य उपचारपछि कम्पनीको आवाश गृह (होस्टल) मा राखिएको छ ।
घटनाबारे कम्पनी व्यवस्थापनबाट जानकारी प्राप्त हुनासाथ शुक्रबार बिहान मलेशियाकालागि नेपाली राजदूत महामहिम डा. ऋषिराज अधिकारी, श्रमसहचारी सूर्यप्रसाद भण्डारी र द्वितीय सचिव चक्रकुमार सुवेदी सहितको टोलीले अस्पताल र टप ग्लोव कम्पनीमा स्थलगत भ्रमण गरी घटनाबारे जानकारी लिनुका साथै घाइते विरामीहरुलाई भेटी उनिहरुको उपचार व्यवस्थाबारे जानकारी लिएको छ ।
दुर्घटनामा परि मृत्यू भएका ३ महिलाहरुको पोष्टमार्टम भैरहेको र उनीहरुको शवलाई नेपाल पठाउन र उनीहरुका नजिकका हकवालाले पाउनु पर्ने क्षतिपूर्ति, विमा र कम्पनीका तर्फबाट विशेष सहयोग पुर्याउन समेत कम्पनी व्यवस्थापनलाई राजदूतले निर्देशन दिएको दूतावासबाट जारी बिज्ञप्तीमा उल्लेख छ ।स्रोत:अनलाइन खबर/नेपाल
No comments:
Post a Comment