'लास्ट नाइटमा लास्ट किस' - नायिका सौजन्य सु्ब्बा

Share
चलचित्रको पर्दामा देखिने अधिकाँश सेलिब्रेटीहरु आफ्नो प्रेमी वा प्रेमिका भए नभएकोबारे खुलेर बताउन चाहँदैनन् । तर नेपाली चलचित्रकी एक नायिकाले भने आफ्नो प्रेमी रहेको र ऊसँग आफ्नो ‘डिप लभ’ परिरहेको बताएकी छिन् ।
यसरी गहिरो प्रेममा फसेकी नायिका हुन्, टेलिचलचित्रमा निकै सोझी पात्रको भूमिकामा देखिने नायिका सौजन्य सु्ब्बा । उनले भनेकी छिन् – ‘मेरो प्रेमी छ र ऊसँग मेरो अहिले गहिरो माया पनि बसेको छ ।’ तर उनको गुनासो पनि छ । ‘मलाई उसले कहिल्यै डेटिङमा नै लैजाँदैन, शायद व्यस्त भएर होला ।’ यसो भनिरहँदा उनले हाँसो थाम्न सकिनन् ।
उनलाई हाम्रो अर्को प्रश्न थियो, ‘अनि पहिलो चुम्बन नि ।’ चुम्बनको कुरा आएपछि अलिकति उत्तेजित भएकी यी नायिकाले भनिन् – ‘पहिलो चुम्बन त कहिले गरियो, त्यो त कहाँ याद हुन्छ र भन्या ।’
अनि अहिलेको प्रेमीसँगको चुम्वन नि ? ‘ऊसँगको चुम्बन पहिलो पटक त कहिले भयो यो कसरी याद आउँछ र । तर, अन्तिम किसको कुरा सोध्नु हुन्छ भने, लास्ट किस लास्ट नाईटमा मात्र ।’ यसको अर्थ थियो, उनले आफ्नो प्रेमीसँग गएराती मात्र चुम्बन साटासाट गरेकी थिईन् । यति भनेर सौजन्य केही सजग भईन् र कु्रा फेरिन् । ‘मैले जोक्स मात्र गरेको है ।’
यो भनाईले स्क्यान्डल मच्चाउला कि भन्ने उनलाई डर भएको हुनुपर्छ । चलचित्र ‘म छु नि तिम्रो’ की नायिका सौजन्यको यो चलचित्र यही कात्तिक ११ देखि उपत्यका बाहिरका हलमा प्रदर्शन हुँदैछ । चलचित्रको पर्दामा गम्भीर भुमिकामा देखिए पनि सौजन्य वास्तविक जीवनमा भने निकै रोमान्टिक छिन् । नायिका सौजन्य सुब्बा र निर्माता रोज राणाबीचको निकटताका बारेमा बजारमा गाइगुइ हल्ला चलेपनि यी दुवैले कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् । @अनलाइन खबर(फोटो-OnlineKhabar)

No comments: