Share कुनै बेला थियो नायिका निरुता भनेपछि नेपाली फिल्मका पारखी हुरुक्कै हुन्थ्ये । नीरुताको रोनाधोनाले दर्शकलाई राम्रैसँग आकर्षण गर्दथ्यो । तर उनको एकलौटी राज चलिरहेको बेला वदलिएको चलचित्रको ट्रेनले उनको करिअरलाई समेत असर पुग्यो । नेपाली सिनेमाको क्षेत्रवाट दर्पणछायाँकी नायिका नीरुता एकाएक हराईन् । नीरुता हराएपछि उनको खोजी खासै भएन, कारण थिया चलचित्र क्षेत्रमा उदाएका नव नायिकाहरु ।
एकाएक हराएकी नीरुता अहिले भारतमा छिन् । नीरुताका दर्शकका लागि एउटा खुशीको खवर छ, अव उनका लगालग तीन चलचित्र प्रदर्शनका क्रममा छन् । नीरुताले अभिनय गरेका तीन मध्ये पनि दुई चलचित्र अव छिट्टै प्रदर्शनमा आउने तयारीमा छन् । यी दुई चलचित्र हुन् ‘फर्कि आउ’ र ‘मलाई मन पर्यो ।’ चलचित्र फर्कि आउ यही कात्तिक २५ गतेवाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
वावुराम दाहाल र राम पौडेलले निर्माण गरेको यो चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका हुन् । चलचित्रमा नीरुताको साथमा नायक राजेश हमालले पनि अभिनय गरेका छन् । यो चलचित्रमा नायक हमाल र नायिका नीरुताको चुम्वनले पनि अहिले वजारमा राम्रै चर्चा पाईरहेको छ ।
उनलाई यो चलचित्रमा राजवल्लभ कोईराला र जीवन लुईटेलले साथ दिएका छन् । यो चलचित्रमा भने नीरुता आधुनिक युवतीको भुमिकामा छिन् ।
नेपाली सिनेमा क्षेत्रमा नायिकाको गतिलो पारीश्रमीक नभएको समयमा सवैभन्दा वढि अर्थात नायक सरह पारीश्रमीक लिने नायिका अहिले नेपाली सिनेमा क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्न खोज्दैछिन् ।
नीरुताले नै अभिनय गरेको चलचित्र द गेम पनि प्रदर्शनको क्रममा रहेको छ । यसरी केही समयको विश्रामपछि नायिका नीरुता नेपाली सिनेमा क्षेत्रमा उदाउँदै छिन् ।
साडि र साधारण गाउँले जिवनमा देखिन रुचाउने स्कर्ट र विकीनीको जमानाको फिल्मी क्षेत्रमा जम्छिन् या जम्नका लागि उनी पनि वदलिदो परीवेशमा नै आफुलाई परिवर्तन गर्छिन्, यसका लागि समय नै कुर्नु पर्दछ ।
भारतमा रहेकी नायिका तिहार लगतै नेपाल र्फकन वताईएको छ । उनी फर्केपछि, आफुले अभिनय गरेका दुई चलचित्रको प्रचारप्रसारमा नै व्यस्त हुने वुझिएको छ ।-अनलाइन खबर
No comments:
Post a Comment