Share नवलपरासी - महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दिब्यपुरीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ युवकको ज्यान गएको छ ।
राजमार्ग अन्तरगत दिब्यपुरीमा बिग्रीएर रोकिराखेको ना ४ ख १९१७ नम्रको ट्रकमा नारायणगढवाट कावासोती तर्फ जादै गरेको ना ७ प ७३६० नम्बरको मोटरसाईकल बुधवार राति साढे १२ बजे ठोक्कदा मोटरसाईकल चालक नवलपरासीको कुमारबर्तिका २४ वर्षीय गोबिन्द ढुङ्गाना र पछाडि बसेका अर्जुन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । गोरखा बोर्लाङ घर् भएका श्रेष्ठ नवलपरासीको गैडाकोटमा डेरालिई बस्दै आएका थिए । ट्रकलाई प्रहरीले नियनन्त्रणमा लिएको जनायो । -नारायण शर्मा@ईकान्तिपुर
No comments:
Post a Comment