काठमाडौं ७ कात्तिक,
कुरा, सोमबार आयोजित 'हाम्रो माया जुनी–जुनीलाई'को प्रेसमिटमा हो । जहाँ अभिनेता सुनिल थापाले किस गर्न भाग्यमा लेखेरै ल्याएको हो कि क्या हो भनेर मुकेशलाई जिस्काएका थिए । मुकेशले सुटुक्क सुनिलको कानमा भने –'मेरो जिब्रोमा कोठी छ क्या । यसैले मलाई किस गर्नुपर्ने दृश्य जुरिरहेको छ ।’ जिब्रोमा कोठी भएकाले आफूले किस सिन दिएको मुकेशको जवाफ सुनेपछि एकछिन जमघटमा हाँसाको फोहोरा छुट्यो ।
अरुणिमा लम्साल, रागिनी खड्गी हुँदै नीता ढुंगानासम्म आइपुग्दा मुकेशको विशेषता नै चुम्बन बनेको छ । शरिरको कुनै भागमा कोठी भए कुनै लक्षण हुने हिन्दू धार्मिक मान्यतालाई मुकेशले आत्मसात गरेका हुन् भने किस गर्दा एलर्जी हुने हिरोइनहरू डराउने नै भए । स्रोत:मेरो सिनेमा-नेपाल
No comments:
Post a Comment