काठमाडौँ/कात्तिक ९-
पञ्चाङ्ग निर्णायक समितिले तिथिअनुसार भोलिमात्र गाईपूजा गर्दा राम्रो हुने बताए पनि गाईको पूजा नगरी लक्ष्मी पूजा शुभफल नमिल्ने भन्दै गाइको पूजा गरिएको हो । गाईको शरीरमा विभिन्न प्रकारका रङको प्रगोग गरी सिङ्गारेर गाईलाई मनपर्ने खानेकुरा खुलाउने चलन छ ।
आज तिहारको तेस्रो दिन साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठो र अरिबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर मइन बत्ति तथा केराको सुत्लोमा झिलिमिली बत्ती बालेर लक्ष्मीलाइ स्वागत गर्ने गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल र फूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गर्ने चलन छ ।
यस वर्षको तिहारको टीकाको शुभसाईत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाली साचारहरू ले छापेका छन ।
No comments:
Post a Comment