छैठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

    राष्ट्रिय खेलकुद परिषदले सूदुरपश्चिम फागुन १४ देखि २१ गते सम्म हुने छैठौं राष्ट्रिय खेलकुदको प्रतिक चिन्ह -लोगो) आइतबार सार्वजनिक गरेको छ ।
छनौट समितिले खुला प्रतिस्पर्धाका आधारमा काठमाडौंका कलाकार जीवन राजोपाध्यायको कलालाई प्रतिक चिन्हमा छनौट गरेको संयोजक राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ अधिकृत कमल खनालले बताउनु भयो ।
तीन सदस्यिय छनौट समितिमा राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ अधिकृत कमल खनालको संयोजकत्वमा प्रेस सल्लाहकार दिवस गुरागाईं र काठमाण्डौ विश्वविद्यालयका कला विभाग प्रमुख सुजन चित्रकार सदस्य रहेका थिए ।
प्रतिक चिन्हमा रहेको चन्द्र, सूर्य, रातो र निलो रङगले राष्ट्रियता, परेवाले शान्तिको प्रतिक, पाँच ओलम्पिक रिङले पाँच विकास क्षेत्र, रिङलाई नै आधार मानी मानिसहरुको चेनले सूदुरपश्चिमाञ्चलको लोकपि्रय नाच देउडा नाच र खेलाडीहरुको जमघटलाई प्रतिनिधित्व गर्ने संयोजक खनालले बताउनु भयो ।
प्रतिक चिन्ह बनाउने राजोपाध्यालाई पुरस्कारस्वरुप ४० हजार नगद प्रदान गर्ने राखेपले जनाएको छ ।-अनलाइन खबर

No comments: