सेनाको विमान दुर्घटनाबाट बच्यो

  •  उप रजिष्टारको निधन
निजगढ, आश्विन २८ - सडक दुर्घटनामा परेका घाइतेको उद्धारको लागि काठमाडौंबाट आएको नेपाली सेनाको आइल्याण्डर विमान शनिवार दिउँसो सिमरा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ ।
कार दुर्घटनामा परेका विशेष अदालतका उप रजिष्टार यज्ञप्रसाद पोख्रेल लगायत ५ जना घाइतेको थप उपारकोलागि काठमाडौं लैजान आएको सेनाको नम्बर खुल्न नसकेको सो विमानको हाइड्रोलिक बे्रक जाम भएपछि दुर्घाटनाको स्थिति देखिएको हो ।
ब्रेक जाम भएपछि विमान धावनमार्ग छोडेर घाँसे मैदानमा पुगेको सो विमान चालकले तत्काल नियन्त्रणमा लिएर दुर्घटनाबाट जोगाएको सिमरा विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए । धावन मार्ग छोडिसकेको अवस्थामा थप केही बेर घाँसे मैदानमा गुडेको भए विमान दुर्घटनामा पर्ने प्रमुख गौतमले जानकारी दिए ।
'चालकले कुशलतापुर्वक नियन्त्रणमा लिएकाले दुर्घटना टर्‍यो,' गौतमले भने, 'धावन मार्ग छोडने बित्तिकै चालकले नियन्त्रणमा लिए, 'केही मिनेटमात्र ढिला भएको भए क्षति हुन्थ्यो ।'
विमान बिगि्रएपछि काठमाडौंबाटै आएको एन ए ०४१ नम्बरको सेनाकै अर्को ट्युनेटर विमानबाट घाइते पोखरेल सहितलाई थप उपचारको लागि काठमाडौं पठाइएको थियो । काठमाडांै महानगर पालिका ३५ निवासी घाइते उप रजिष्टार पोखरेलको उपचारको क्रममा न्यूरो अस्पतालमा निधन भएको छ ।
बर्दिवासबाट काठमाण्डौतर्फ जादै गर्दा पोखरेल चढेको ना. ९ च. २६३१ नम्बरको कार बाराको पसाहा नदी नजिक पुर्वपश्चिम राजमार्गमा बिहान १०. ३० बजे दुर्घटनामा परेको थियो ।
दुर्घटना पोख्रेलकी ४० वर्षीया श्रीमति अम्बिका, सोही स्थान बस्ने ३६ बर्षे रामजनम कटुवाल, २९ वर्षीया श्रीमति रेखा र मोरङ्ग दुलारी गाविस ५ की १४ वर्षीया  भावना ढुङ्गाना घाइते भए ।
दुर्घटनाछि सशस्त्र प्रहरी र सडकका यात्रुहरुले घाइतेको उद्धार गरी उपचारको लागि बीरगन्जज पठाएका थिए । तीव्र गतिका कारण अनियन्त्रित भएर कार अचानक सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला ट्रफिक कार्यालय बाराका प्रमुख रमेश सुवेदीले जानकारी दिए । लछ्मी साह-ईकान्तिपुर

No comments: