कान्तिपुर संवाददाता/ सिन्धुली
माओवादी अध्यक्ष पुष्पकमल दाहालले अबका तीन महिना अत्यन्तै चुनौतिपूर्ण भएकाले संयम भएर लाग्न सबैलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईसहित माओवादी सिन्धुलीद्वारा सदरमुकाम सिन्धुलीमाढीमा मंगलबार आयोजित सातौं विशाल-कुमार स्मृति सभामा दाहाल बोल्दै थिऐ । 'यो तीन महिन धेरै काम गर्नुपर्ने छ,' उनले भने, 'कसैको विरुद्ध कोही नलागी चुनौति पार गर्नुपर्छ ।'
तीन महिनासम्म आफू कसैप्रति पनि गाली गलौजमा नउत्रने भन्दै अध्यक्ष दाहालले माओवादीले यत्तिको लचकता प्रर्दशन गर्दा भाँजो हाल्ने र रोक्ने कोशिस गरेमा अन्तिम फैसला हुने चेतावनी दिन भने चुकेनन् । दाहालले पार्टीको आन्तरिक कलहका विषयमा बोल्न चाहेनन् ।
दाहालले कांग्रेस, एमाले लगायतका दलहरु अहिले एउटै डुंगामा बसेर यात्रा गरिरहेकाले डुंगा पार लगाउने जिम्मा सबैको भएको धारणा राखे । त्यसमा माओवादीको नाम भने दाहालले जोड्न छुटाए ।
माओवादी चमत्कार गरेर देखाइदिने पार्टी भएकाले अहिलेको सरकार बन्न सम्भव भएको अध्यक्ष दाहालले बताए । उनले बाबुरामलाई प्रधानमन्त्री हुनै दिदैन भनेर विभिन्न हल्ला र खेल भए पनि त्याग र चमत्कार एकसाथ गरेर देखाइदिएको बताए ।
आफूले त्याग नगरेको भए अहिलेको सरकार बन्न सम्भव नभएको भन्दै अध्यक्ष दाहालले माओवादीले अहिले अपनाएको बाटो जोखिम पूर्ण भएको र सबैले साथ दिएर पार लगाउनु पर्ने चर्चा गरे ।
तत्कालिन राजा ज्ञानेन्द्रलाई एकतर्फी यूद्ध बिराम गरेर अमेरिका भ्रमणमा जानबाट रोकेको प्रसंग कोट्याउँदै अध्यक्ष दाहालले संयूक्त राष्ट्रसंघ महासभामा अब केही दिनमा भाग लिन जान लागेका वर्तमान प्रधानमन्त्री भट्टराइलाई भने फुलमालाले बिदाइ गर्ने बताए ।@from kantipur
No comments:
Post a Comment