विराटचोकमा कोमलको उमंग

सन्तोष राई

सदावहार तीज गीतमा सामूहिक नृत्यका साथ प्रारम्भ भएको थियो उल्लासमय तीज कार्यक्रम। मोरङको विराटचोकमा आइतबार भएको तीज विशेष कार्यक्रममा महिलाहरूको सहभागिता साँच्चै लोभलाग्दो थियो, साथै व्यापक र व्यवस्थित पनि। झन्डै ५ हजारभन्दा बढीको संख्यामा भेला भएका आमा, दिदी-बहिनीहरू रातो साडी र चोलीमा सजिएर सामूहिक नृत्य गर्दा कार्यक्रममा रोमाञ्चकता थपिएको थियो।


महिलाहरूको उक्त बाक्लो उपस्थितिलाई चर्चित गायिका कोमल वलीको आगमनले ऊर्जा प्रदान गरेको थियो। त्यसै पनि उखरमाउलो गर्मी, टेक्ने ठाउँ पनि नभएको कार्यक्रम स्थल। यो टीठलाग्दो अवस्था भए पनि गायिका वलीको धाराप्रवाह प्रवचन र मन्त्रमुग्ध पार्ने गीतले सबैलाई प्रभावित तुल्यायो। उनले आफ्ना लोकपि्रय गीत गाएर बालक, तन्नेरीदेखि वृद्धहरूसम्मलाई पनि नचाइन्। आयोजक महिला समूहबाट संगिनी नाच प्रस्तुत गरिएको उक्त कार्यक्रममा महँगा गरगहना लगाएर आउन निषेध गरिएकाले महिलाहरू साधारण साडी-चोलोमा सहभागी भएका थिए।@साप्ताहिक

No comments: